अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं- ३ छापडाँडा र वार्ड ४, ५ वाङ्ला वार्डको दक्षिणभेगमा खानेपानीको समस्या परेको छ । भुरुङ खोला वाङला खानेपानी आयोजना मन्द गतिमा निर्माण कार्य भएको छ ।
सन्धिखर्क नगरपालिका र प्रदेश सरकारको सयुक्त आयोजना पुरानो आयोजनालाई थप मुहान जोडेर नगरपालिकाको एक घर एक धारा निति अनुसार हरेक घरमा पानीको एक धारा पुर्याउने उदेश्य अनुसार भुरुङ खोला वाङला खानेपानी आयोजना शुरु भएको लामो समय हुँदा पनि अहिलेसम्म सम्पन्न नहुँदा यहाँका गाउँलेमा अन्योल बढेको छ ।
यस क्षेत्रमा धारा भएपनि पुरानोबाट प्रयाप्त मात्रमा पानी आउदैन । नयाँ आयोजनामा यस खानेपानी समितिका नेतृत्व कर्ताहरु र निर्माण कम्पनिको चरम लापरवाहीले गर्दा हाल सम्म सम्पन्न हुनुपर्ने हो तर निर्माण कार्यको गति अति न्युन छ ।
भुरुङ खोला वाङला खानेपानी आयोजनाको समितिमा जिम्मेवार ब्यक्तिहरु छ्न साथै निर्माण कम्पनि पनि जिम्मेवार ब्यक्ति कै छ । यसरी जिम्मेवार ब्यक्तिहरुबाट ढीला सुस्ति हुँदा साबिक वाङला गाबिसका दक्षिणभेगका जनताहरु पानी उपभोग गर्न नपाउदा उपभोक्ता समिति र निर्माण कम्पनि प्रति आक्रोसित भएका छन् ।
स्थानियबासी भन्छन्; यसरी निर्माण कार्यमा भैरहेको ढीला सुस्ति, मन्द गतिलाई दुर्त गतिमा निर्माण गरि यथासिग्र सम्पन्न हुनु जरुरी छ । यसको लागि साबिक वाङ्ला गाबिस हाल सनपा ४ र ५ वार्डका जनप्रतिनिधिहरुले कड़ा निगरानी गरि निर्माण कार्य शिग्र सम्पन्न गर्नु पर्ने देखिन्छ । साथै सन्धिखर्क नगरपालिकाले पनि यस आयोजना माथि अनुगमन गर्नुपर्छ ।