अर्घाखाँची प्रवासी समाज बहराईनले अर्घाखाँची अस्पतालमा प्रतिक्षालय निर्माण गर्ने

Image result for अर्घाखाँची अस्पताल arghakhanchi.com


अनिता भुसाल

सन्धिखर्क, अर्घाखाँची माघ २७ । अर्घाखाँची प्रवासी समाज बहराईनले अर्घाखाँची अस्पतालमा प्रतिक्षालय निर्माण गर्ने भएको छ ।

अस्पतालमा बन्न लागेको २४ घण्टे विरामी काउन्टर संगै रहनेगरी विरामी प्रतिक्षालय बनाउने गरी केही दिनमै काम शुरु गरिने अस्पतालका प्रमुख कपिल गौतमले जानकारी दिनुभयो ।

अस्पतालमा विरामीहरुलाई पर्ने समस्याहरुलाई मध्यनगर गर्दै आफुहरुले प्रतिक्षालय निर्माणमा पहलकद्मी लिएको अर्घाखाँची प्रवासी समाज बहराईनका अध्यक्ष रामु खनालले जानकारी दिनुभयो ।

सदरमुकाम सन्धिखर्कमै गुणस्तरीय स्वास्थ्य सेवाको लागि केही भूमिका होस भन्ने हेतुले आफुहरुले सहयोग गरेको महासचिव अनमोल राक्सेमगरले बताउनुभयो ।

छिटो निर्मण सक्नेगरी तत्कालै काम शुरु गरिने निर्माण समिति संयोजक सन्तोस सोमईले जानकारी दिनुभयो ।

अन्य समाचारहरु