अर्घाखाँचीडट्कम संवाददाता
किमडाँडा, अर्घाखाँची माघ २७ । सन्धिखर्क नगरपालीका वडानं.८ किमडाँडामा रहेको जीबन ज्योति आधारभूत बिद्यालय लमलमेमा बिद्यालय ब्यबस्थापन समिति र शिक्षक अभिभावक संघको गठन भएको छ ।
आईतबार बिद्यालयमा आयोजित अभिभाबकको भेलाले भक्तबहादुर थापाको अध्यक्षतामा बिद्यालय व्यवस्थापन समितिको निर्बिरोध गठन गरेको हो । जसको सदस्यहरुमा सुशीला वलि, सिता खत्री, बिनोद थापा, सरिता पान्डे, साबित्रा वलि, कमला सुनार, भगवती ज्ञवाली र सदस्य सचिबमा खिम बहादुर घर्ती चयन हुनभएको छ ।
यस्तै भेलाले भिम बहादुर वलिको अध्यक्षतामा शिक्षक अभिभावक संघको गठन गरेको छ । जसको सदस्यहरुमा यमुना नेपाली, देबि शाही, ओम बहादुर खत्री, सुरज वलि, कमला वलि, केशर बहादुर थापा , चन्द्रबहादुर घर्ती राम प्रसाद चुदाली भगवती ज्ञवाली र सदस्य सचिबमा खिम बहादुर घर्ती रहनु भएको बिद्यालयका शिक्षक भगवति ज्ञवालीले जानकारी दिनुभएको छ ।
यस्तै श्री जनशान्ति आधारभूत विद्यालय किमडाँडामा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ गठन कार्यक्रम सम्पन्न भएको छ ।