अर्घाखाँची डट्कम संवाददाता
दोहा कतार,अर्घाखाँची सेवा समाज कतारले आयोजना गर्न गहिरहेको तेस्रो बनभोज तथा साँस्कृतिक कार्यक्रमको लागि राष्ट्रिय चर्चित लोक तथा दोहोरी गायक कुशल बेल्बासे कतार आइपुगेका छन ।
नेपाल एयर लाइन्सको जहाज बाट करिपन २ बजे कतारको हमाद अन्तरास्ट्रिय एयपोर्टमा आइपुगेका बेल्बासे लाई स्वागत गर्न सस्थाका पदाधिकारीहरु अध्यक्ष टेकराज थापा प्रथम उपाध्यक्ष बिष्णु कुँँवर, संस्थाका प्रमुख सल्लाहकार ठाकुर कुमार परियार ,सल्लाहकार केदार नाथ भुसाल,महासचिव बालराम पाण्डे , कोषाध्यक्ष नेत्र प्रसाद आचार्य ,कार्यसमिति सदस्य बलु खत्री, बिष्णु केसी,शोभाखर भुसाल, तिलक राम घिमिरे लगायतका ब्याक्तित्व हरु उपस्थित भएका थिए भने उन्लाइ खादा र पुष्पगुच्छा अर्पण गर्दै भव्य स्वागत गरिएको हो ।
रातोघलेकीमा भन्ने बोलको गितबाट चर्चा कमाएका बेल्बासेले प्रदेशीयका प्रदेशीहरुको कथा र व्यथामा आधारित भई परदेशी, रिडी दोभान, बाँचे घर आम्ला चुईने खरको छानोमा टिन लाउँला नरौं मेरी आमा नरौ मेरा बाबा लगायत माली गाईले बाछी चाटेको, बाँचे घर आम्ला, झुमे रुमाल ,रानिफुल जस्ता करिब एक दर्जनौ भन्दा बढी गीतमा आफ्नो स्वर दिएका छन ।
संस्थाका सल्लाहकार समेत रहनु भएका केदारनाथ भुसालको संयोजकमा हुन लागेको बृहत कार्यक्रम कतारको शुन्दर ठाउँ सहानिया स्थित अल दोसरी (जु) पार्कमा १४ फेब्रुअरी २०२० का दिन आयोजना हुने र तेस्रो बनभोज तथा साँस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको पनि भुसालले जानाकारी गराउनु भयो।
कार्यक्रममा गायक बेल्बासे सङ्गै स्थानिय कलाकार हरु लोकदोहोरी गायिका इन्दिरा शाह, दिपेन्द्र सुनार ,पुजा गजुरेल,उर्मिला लामा, रामकृष्ण परियार,सन्दिप राई र मगर संघ कतारका कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ ।
उक्त दिन समाजले कतारमा कार्यरत अर्घाखाँची बासी, गैर-अर्घाखाँची बासी बुद्धिजीवी , समाजसेवी,दाजुभाई तथा दिदिबहिनीहरुमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा सहित आव्हान गरेको संस्थाका अध्यक्ष टेकराज थापाले जानकारी दिदै, उक्त कार्यक्रमको मिडिया पार्टर रहेको अर्घाखाँची डट्कमले प्रत्यक्ष प्रशारण गर्नेछ ।