भगवती र सन्धिखर्कमा आफ्नो गाउँमा शिक्षक दरबन्दीको अवस्था र वार्डबाट छुटाएको रकम खोज्दै स्थानिय क्लब (तस्बिर सहित)

रुद्रमणि भुसाल 

भगवती, अर्घाखाँची माघ २७  ।   समाजमा सुशासन र पार्दसिता कायम गर्ने उदेश्यले स्थापना भएका युवायुवतीहरुको क्लबले आफ्ना गाउँठाउँमा हुने शिक्षा , स्वास्थ्य , कृषि र बिपदब्यवस्थापनको अवस्थाको बारेमा सोधखोज गनुको साथै यी क्षेत्रहरुमा छुटाएको बजेटसमेत माग गर्न थालेका छन् ।  
अर्घाखाँचीको छत्रदेब गाउँपालिका वार्ड नं.७ भगवतीमा रहेको भगवती  रेडियो  असलशासन स्रोता क्लबले लक्षितबर्गको बजेट र शिक्षा क्षेत्रमा छुटाएको बजेट मार्ग गर्ने निर्यण गरेको क्लबका अध्यक्ष सागर पोख्ररेलले जनाकारी दिनुभयो  । यस क्लबले बिद्यालमा  हाजिर जबाफ प्रतियोगिता  ,सरसफाई , बिभिन्न किसिमका खेलकुद प्रतियोगिदा गदै आएको सहकर्ता लक्ष्मि पाण्डेले जनाकारी दिनुभयो ।   
 
त्यस्तै  सन्धिखर्कमा रहेको परिर्बतन रेडियो स्रोताक्लबले गएको शुक्रबारबसेको बैठकको निर्यण अनुसार सन्धिखर्क नगरपालिकामा  भित्र आधारभुत ,माध्यमिक बिद्यालयमा कतिजना शिक्षक दरबन्धि रहेको छ  । दरबन्धि मिलान केको आधारमा गरिन्ध , सन्धिखर्क नगरपालिकाभर कतिशिक्षक दरबन्धि खालीरहेको छ त्यसको लिखितरुपमा सन्धिखर्क नगरपालिकाको सुचना अधिकारी मञ्जु खनालसंगमग गरेको परिर्बतन रेडियो स्रोताक्लबकी अध्यक्ष जेनिसा चौहानले जानकारी दिनुभयो ।  क्लबले सन्धिखर्कमा रहेको युवा बर्ष जनता रबिचित्र माध्यमिकबिद्यालयमा नियमित सरसफाई गर्नको लागि नगरप्रमुख कमल प्रसाद भुसालसगं १५ डष्टबीन मागगरेको छ ।  सुचनामागको पत्रबुझदै केहिदिनमा मागेअनुसारका सुचना र डष्टबीन उपलब्ध गराउने सुचना अधिकारी मञ्जु खनालले बताउनु भयो । 
नेपालको  संबिधान २०७२ को धारा २७ मा प्रत्याभुत गरिएको मौलिक हक सुचनाको हक सम्बन्धि ऐन  २०६४ को दफा ३ र ७ बमोजिम सुचना मागरिएको भगवती  रेडियो  असलशासन स्रोता क्लबका सहजकर्ता नारायण भट्टराईले बताउनु भयो ।     
।पारस्पारिक जवाफदेहिता परियोजना अन्तर्गत एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीको आयोजनामा क्लबका बैठक सम्पन्न भईसुचना माग गरेका हुन ।  । 
कार्यक्रममा एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीका अध्यक्ष हृदय कुमार भुसाल, सामुदायिक संचारकर्मी रुद्रमणि भुसाल  परियोजना अनुसन्धानकर्मी सागर परियार लगायतको सहभागिता रहेको थियो ।

अन्य समाचारहरु