अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले शितगंगा नगरपालिकाको गोरसिङे – सन्धिखर्क सडकमा बसेर सवारी साधन चेक गर्नु भएकाे छ ।
प्रमुख जिल्ला अधिकारी बिजयराज पाैडेलले को गोरसिङे – सन्धिखर्क सडक क्षेत्रमा सवारीहरुकाे छड्के अनुगमन गर्नु भएकाे हो । शितगंगा क्षेत्रमा नियम बिपरित सवारी चल्न तथा माधक पदार्थ सेवन गरि सञचालन हुने गुनासाे संग प्रजिअ पाैडेलले शनिबार सडकमै बसि सवारी चेक गर्नु भएकाे थियो ।
गोरसिङे – सन्धिखर्क सडकमा सुपादेउराली आउने सवारी तथा चुन ढुङ्गा बाेक्ने टिप्परहरुले गर्दा अत्याधक सवारी चाप रहने भएकाेले समेत सवारी दुर्घटनाकाे जाेखिम रहेकाेले पनि न्युनिकरणकाे लागि चेक जाँचमा कडाई गरेकाे पाैडेलले जानकारी दिनु भयाे ।
बढ्दाे दुर्घटना र टिप्परकाे चापले माेटरसाइकल तथा अन्य सवारीसाधन आवत जावतमा समस्या रहेकाे भन्दै जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले एक बाट अर्काे टिप्परकाे दुरि कम्तिमा १० मिनेटकाे हुनु पर्ने बताए पनि शितगंगा क्षेत्रमा लागु हुन नसकेकाे गुनासाे आइरहेकाे बेला प्रजिअ पाैडेल सडकमै खटि अनुगमन गर्दै स्थानिय प्रशासनलाई समेत कडाइ गर्न निर्देशन दिनु भएकाे छ ।
उता सदरमुकाम सन्धिखर्कमा रहेका सरकारी कार्यालयहरुको प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले छड्के निरिक्षण गर्नु भएको छ । सो अवसरमा प्रमुख जिल्ला अधिकारीले कार्यालयहरुको निरीक्षण गर्नुका साथै सेबाग्राहीहरुसँग परामर्श गर्नु भएको छ । उता आगामी दिनमा पनि कार्ययोजना अनुसार नियमित छड्के निरिक्षण र निगरानी गरिने प्रशासनले बताएको छ ।