सन्धिखर्कमा जिल्लाव्यापी युवा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । सन्धिखर्क नगरपालिका अर्घाखाँचीका नगरउपप्रमुख ठाकुर कुमार बिकले युवाहरुको क्षमता बृर्दि बिकासका लागि रचनात्मक क्रियाकलाप आबश्यक भएको बताउनु भएको छ ।
सन्धिखर्क नगरपालिका अर्घाखाँचीले आयोजना गरेको जिल्लाव्यापी युवा बक्तृत्वकला प्रतियोगिताको उदघाटन गर्दै नगरउपप्रमुख बिकले युवाहरुले आफुहरुमा भएको कला क्षमता प्रदर्सन गरुन भन्ने उदेश्यका साथ नगरपालिकाले युवाहरुका लागि अतिरिक्त क्रियाकलाप अन्तरगत बक्तित्वकला प्रतियोगिता आयोजना गरेको बताउदै युवाहरुलाई स्वदेसमा रोजगारी श्रृजना गर्ने गरि मुलुक अगाडि बढेकाले नगरपालिका पनि नयाँ योजनाका साथ अगाडि बढेको बताउनु भयो ।
कार्यक्रममा शिक्षा उपसचिव युगलनारायण बस्याल नगरपालिकाका शाखा अधिकृत मन्जु खनाल लगायतले कार्यक्रममा शुभकामना मन्तब्य राख्नु भएको कार्यक्रमको सन्चालन मुक्ति खनालले गर्नु भएको थियोे ।
प्रतियोगितामा जिल्लाका युवा प्रतियोगिहरुले भाग लिएको बताईएको छ ।

अन्य समाचारहरु