अर्घाखाँचीमा नेकपाले २५ औं जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरी मनायो (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अर्घाखाँचीले २५ औं जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । 
यस्तै जनयुद्ध दिवसकाे अवसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अर्घाखाँचीले अर्घाखाँची अस्पतालमा रहेका विरामीलाई स्वास्थ्य लाभको कामना सहित फलफुल र हर्लेक्स वितरण गरेको छ ।
फलफुल बितरणपछि नेकपा अर्घाखाँचीका नेता कार्यकर्ताहरुले अविर लगाई शुभकामना आर्दान प्रदान गरेका थिए ।
कार्यक्रममा राष्टिय सभाका सासद चन्द्रबहादुर खड्का प्रदेस सासद तथा नेकपा अर्घाखाँचीका अध्यक्ष चेतनारायण आचार्य प्रदेस सासद रामजी प्रसाद घिमिरे, नेकपा प्रदेश कमिटी सचिबालय सदस्य जिल्ला सचिब सन्धिखर्क नगरपालिका उपप्रमुख ठाकुर कुमार बिक प्रदेस कमिटि सदस्य छमकुमारी खनाल त‍‍ोज बहादुर रायमाझी कार्यालय सदस्य पिताम्बर भुसाल, नेताहारु  रामबहादुर चौहान, प्रेम नारायण गैरे, रामचन्द्र पोख्रेल भोज बहादुर गन्धर्भ मोतिजङ रायमाझी युवराज बन्जाडे सन्धिखर्कका नेता लक्ष्मण पराजुली प्रकास भुसाल  महिला नेतृहरु कमला भन्डारी  सुशिला भन्डारी कन्जाडे कमला खनाल भन्डारी भाबना खनाल लगायतका नेता तथा कार्यकर्ताहरु जिल्ला अस्पताल पुगेका थिए । 
उनिहरुले अमर शहिदहरुको बलिदानी प्रती सम्मान र संघर्षबाट प्राप्त उपलब्धिलाई स्मरण गरेका थिए ।
फलफुल बितरणमा पुगेका नेता कार्यकर्ताहरुलाई अस्पतालका प्रमुख कपिल गौतमले स्वागत गरेका थिए ।

अन्य समाचारहरु