अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको ठाडामा कृर्षि पर्यटन उधोग ब्यापार र रोजगार आर्थिक समृद्धि आत्मनिर्भरताको मुलआधार भन्ने मुल नाराका साथ सञ्चालन भएको प्रथम शितगंगा कृषि पर्यटन तथा औद्योगिक ब्यापार महोत्सव शुरु भएको छ ।
स्थानिय उत्पादन,कला सस्कृति र पहिचानलाई प्राथमिकतामा राखेर महोत्सव सञ्चालन गर्नुपर्ने प्रदेश–५ का उधोग वन तथा बातावरण मन्त्री लिला गिरीले बताउनु भएको छ ।
पहिलो शितगंगा महोत्सवको उदघाटन गर्दै मन्त्री गिरिले यस्तो बताएका हुन । कृर्षि र पर्यटन समृद्धिको प्रमुख आधार भएको भन्दै मन्त्री गिरीले सवै उत्पादनमा जोडिनु पर्ने बताउदै जैबिक तथा सास्कृतिक हिसाले निकै महत्व वोकेको अर्घाखाँचीको सितगंगा क्षेत्रको बिकासका लागी आफुले पुर्ण सहयोग गर्ने बताए ।
मन्त्री गिरीले भने,‘आधा पेट खाएर भए पनि देशमै केही गरौ, विकास र समृद्दिको यात्रामा निरन्तर खवरदारी गरौ उत्पादनमा सवै लागौ, हामीले चुनावमा गरेको प्रतिवद्दताहरु पुरा नभए पनि सुचाङ्गले राम्रो लक्षण देखाएको स्पष्ट छ’।
महोत्सवमा उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे, जाल्पा भुसाल निर्मला क्षेत्रीले अर्घाखाँँचीको बिकास र समृद्धिको यात्रामा आफुहरु निरन्तर लागेको भन्दै महोत्सवले आन्तरिक पर्यटन प्रर्वद्धनमा सहयोग पुराउनु पर्ने बताउनु भएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख पिताम्वर शर्मा सितगंगा नगरप्रमुख सुर्यअधिकारी सन्धिखर्क नगरप्रमुख कमल भुसाल, जिल्ला समन्वय उपप्रमुख रिसी बहादुर पुलामी सितगंगा नगर उपप्रमुख टिका वहादुर रेश्मी, प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेले नेकपमा सितगंगा अध्यक्ष बसन्त श्रेष्ठ, नेपाली काग्रेस जिल्ला सचिव छविलाला पौडेल, पत्रकार मंहासगका अध्यक्ष हिम लेकाली सम्पुर्ण सघ सस्थाको तर्फवाट नारायण शर्मा, सम्पुर्ण बिधालयहरुको तर्फवाट बिष्णु भटराई ओम इटाका प्रमुख दिपक पौडेले लगाएतले महोत्सव सफलताको शुभकामना ब्यतm गर्नु भएको थियो ।
महोत्वस उधोग बाणिज्य संघका अध्यक्ष चिन्ताराज अधिकारीको अध्यक्षता, उपाध्यक्ष मणि अधिकारीको स्वागत मनतव्य र रिसी घिमिरेको सञ्चालनमा सम्पन्न भएको छ ।
प्रथम महोत्सवमा स्थानिय बिभिन्न कला सस्कृतिहरु प्रस्तुततीहरु बिभिन्न खालका पन्चेवाज सहित झाकी तथा रयालीहरु सहित भब्य रुपमा उदघाटन कार्यक्रम सम्पन्न भएको छ । महोत्वसमा करिव पाँचहजार भन्दा धेरैको सहभागीता मिडिया संयोजक सचिन वोहोराले जनाउनु भएको छ । फागुन १२ गतेसम्म सञ्चालन हुने महोत्सवमा १ सय ५ स्टल छन् । दुई करोडको कारोवार हुने अपेक्षा आयोजकको छ ।