अर्जुन बेल्बासे
ठाडा, अर्घाखाँची । कृर्षि पर्यटन उधोग ब्यापार र रोजगार आर्थिक समृद्धि आत्मनिर्भरताको मुलआधार भन्ने मुल नाराका साथ हिजो देखि सुरु भएको प्रथम सितगगां महोत्सबका आज दोस्रो दिन भव्य रुपमा सम्पन्न भएका छ ।
महोत्सवको दोस्रो दिन पाचँ लाख वरावरको आर्थिक कारोवार ,र दुइ हजार दर्शले महोत्सवको अवलोकन गरेको मिडिया संयोजक सचिन बोहोराले जानकारी दिनु भयो । महोत्सवको दोस्रो दिन आज मुख्य आर्कर्षकको रुपमा पप गायक सुनिल गिरी ,राष्ट्रिय लोक तथा दोहोरी गायक विधान कार्कि ,लोक तथा दोहोरी गायक सारदा खनाल लगायत स्थानिय कलाकारले महोत्सव स्थल सगिंतमय बनाएका थिए ।
त्यस्तै भोली फागुन ३ गते ,राष्ट्रिय लोक तथा दोहोर यागिका सम्झना लामिछाने, लोक तथा दोहोरी गाय विक्रम राना ,मिसन भुसाल लगायत स्थानिय कलाकार को साथमा महोत्सवमा कपिलवस्तु जिल्लाको एक प्रतिष्ठित डान्स ग्रुरुप छमछमि कलाकेन्द्र चन्द्रौटाको वेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।
महोत्सवले ऐतिहासिक धार्मिक संस्कृतिक र पर्यटक तथा पुरातात्विक स्थलहरुको प्रचार प्रसारमा टेवा पुराउने आयोजकले जानकारी गराएको छ ।महोत्सव अवधि भर २ करोड बरावरको आर्थिक कारोवार र ६० हजार भन्दा धेरै दर्षक भित्राउने लक्ष राखेको आयोजकले जानकारी दिएको छ । उक्त मेलामा १०५ बिभिन्न खालका स्टलहरु रहेको आयोजकले जनाएको छ ।
महोत्सवको आकर्षकको रुपमा लिएको प्रथम सितगगां डान्स आइडलको पनि केहि दिन मै सुरु हुने आयोजकले जनाएको छ । डान्स आइडलमा प्रथम पुरस्कार रु ४०हजार दोस्रो पुरस्कार रु २० हजार र सन्त्वना पुरस्कार रु १० हजार रहेको महोत्सव मुलआयोजक समितिले जानकारी गराएको छ ।
प्रथम शितगङ्गा खुल्ला डान्स आइडलको आइडलमा निर्णायक को भुमिका डान्सर तथा मोडल निर्देशक शुमन पौडेल तथा डान्सर तथा मोडल निर्देशक हरी रीजालको रहने आयोजकले जानकारी गराएको छ।।महोत्सव फागुन १ गते देखि लागेको मेला फागुन १२ गते सम्म लाग्न आयोजकले जानकारी दिएको छ ।