पाणिनीको धातिवाङका मिर्गौला पिडितलाई अर्घाखाँचीडट्कम व्युरो प्रमुख डिआरजी सुमनद्धारा कुवेतमा संकलित आर्थिक सहयोग हस्तान्तरण

डिआरजी सुमन
मैदान, अर्घाखाँची डटकम् व्युरो । गरिवीका कारण विगत दुईवर्ष देखी छोराको उपचारको लागी रक़म नभएर सवैसँग सहयोगको अपील गर्दै विभिन्न स्थानमा हारगुहार गरी रहेका वुवा नेत्र वहादुर नेपाली । उनी छोराको उपचारको लागी आवश्यक रकम नजुटेको गुनासो गरी रहेका मात्र छैनन् उनी धेरै मेला महोत्सवमा सहयोग जुटाउन हिडिरहेका पनि छन ।
यसै समस्यालाई लिएर दुवैमिर्गौला पिडित १२ वर्षीय वीर वहादुर नेपालीलाई कुवेतमा वैदेशिक रोज़गार कै लागी पुगेका मैदानको युवा ईन्द्र वहादुर परियार उहाका साथीहरु हरी कँडेल, राजु काफ्लेद्धारा संकलन गरी पठाएको रु पन्ध्र हज़ार पाणिनी ५  काफलवुटा स्थित स्थानीय तथा समाजसेवीको रोहवरमा ईन्द्रवहादुर परियार कै श्रीमती लक्ष्मी परियारसँग प्राप्त रक़म अर्घाखाँची डटकम् व्युरो प्रमुख डिआरजी सुमनद्धारा पिडितको वुवा नेत्रवहादुर नेपालीलाई रु पन्ध्र हज़ार नगद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
विरामीको अवस्था गंभीर छ काठमाण्डू शिक्षण अस्पतालमा उपचार सुरु गरिसकेका छौ । छोरालाई मिर्गौला हामी घरवाट नै दिन तयार छौ तर पनि उपचार लागी आर्थिक जुटाउन सकेका छैनौ भन्नु हुन्छ पिडितको वुवा नेत्र वहादुर नेपाली पारिवारिक अवस्था नाज़ुक नै छ ।
यस भन्दा पहिला पनि वैदेशिक रोज़गारमा गएको युवाहरुको पहलमा केही न केही रक़म जम्मा भई रहेको छ साथै स्थानीय युवाकल्वहरुले पनि सहयोग संकलन गरी रहेका छन तर पनि आवश्यक रक़म नजुटेको पारिवारिक श्रोतको भनाई छ । 
तस्वीर: डिआरजी सुमन/अर्घाखाँची डटकम्

अन्य समाचारहरु