माधव खनाल
ढाकावाङ्ग, अर्घाखाँची फागुन ५ । भुमिकास्थान नगरपालिका वडा न १ का अध्यक्ष भोजराज खनालले शिक्षक बिद्यार्थी र अभिभावक बिचमा समन्वय भएमा मात्रै शिक्षामा उल्लेखनीय सुधार आउने बताउनु भएको छ ।
सोमबार बाल शिक्षा माध्यमिक बिधालय भुमिकास्थान नगरपालिका वडा न १ ढाकावाङ्ग साम्नेगाउमा बिधालयले आयोजना गरेको पुर्व आधारभुत तह कक्षा आठको अभ्यास परिक्षा कक्षा दसको को एस इ इ अभ्यास परिक्षा को नतिजा प्रकाशन तथा सोही बिधालयमा अध्यापनरत शिक्षक दुर्गा केसिको बिदाइ कार्यक्रममा मन्तव्य राख्दै अध्यक्ष खनालले सो कुरा बताउनु भएको हो ।
त्यस्तै अध्यक्ष खनालले बिदाइ भै जान लाग्नुभएका शिक्षक दुर्गा केशी लाई एउटा असल शिक्षकको रुपमा जसरी आफुलाइ स्थापित हुनुभएको छ आगामी दिनमा पनि यस्तै सबैको मन मस्तिष्कमा बस्नसफल हुन आग्रह सहित बाकी जीवन पनि यसैगरी अगाडि बढोस् भन्दै शुभकामना दिनुभएको थियो सोही कार्यक्रममा मन्तव्य राख्दै बिधालय ब्यबस्थापन समितीका निवर्तमान अध्यक्ष कासिराम गमालले पनि शिक्षक बिद्यार्थी र अभिभावक हरु एक ढिक्का भइ अगाडि बढेमा मात्रै शिक्षामा सुधार हुने कुरामा जोड दिनुभएको थियो ।
कार्यक्रममा शिक्षक अभिभावक संघका निवर्तमान अध्यक्ष मेघराज खनाल बिदाई लिइ जाने शिक्षक दुर्गा केसि आम्बोट आधारभुत बिधालयका प्रधानध्यापक हिमलाल खनाल बाल शिक्षा माध्यमिक बिधालयका निमित्त प्रधानध्यापक चेतबहादुर थापा शिक्षक मनविर राना लगायतले मन्तव्य राख्नुभएको थियो शिक्षक दुर्गा केसि घरपाइ मिलाइ मालारानी २डाडाकटेरिमा रहेको सरस्वती माता माध्यमिक बिधालयमा जानुहुनेछ ।
कार्यक्रम बिधालयका प्रधानध्यापक युवराज खनालको अध्यक्षता शिक्षिका बिमला पोख्रेलको स्वागत र शिक्षक लक्ष्मण खनालको संचालनमा सम्पन्न भएको थियो ।