निरु आचार्य
काठमाडौं । अर्घाखाँची चिदिका – काठमाडौं मैत्रीपुर्ण वनभोज कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।
चिदिका जन्मघर भइ हाल काठमाडौंमा स्थाइ वा अस्थायी रुपमा बस्दै आएका सम्पुर्ण ब्यक्तिहरुलाइ एकै ठाँउ समेटिने गरि यहि चैत्र १ गते सनिवार धुलिखेलमा मैत्रीपुर्ण वनभोज कार्यक्रम गर्न लागिएको सम्योजक बिमल ज्ञवालीले बताएका छन ।
भ्रमण बर्ष २०२० लाइ समेत लक्ष्यित गरि अर्घाखाँची चिदिकाको प्रयटन प्रवर्द्धन मा समेत यो बनभोजले सहयोग गर्ने आशा गरेका छन ।अर्घाखाँची चिदिकाका मौलिक कला संस्कृति लाइ समेत प्रस्तुत गरि सबै सामु पुर्याउने लक्ष्य राखिएको छ । कुनै क्षेत्र विशेष र कुनै राजनीति बिशेष नभै सम्पुर्ण अर्घाखाँची चिदिकाबासीलाइ समेटेर बृहत बनभोज गर्न लागिएको सम्पर्क समाजका सचिब तथा प्रचार बिभाग प्रमुख सुभाष ज्ञवालिले जनाएका छन । सबैलाई लाई समेटन सजिलो होस भन्ने उदेश्य ले टिकटको मुल्य पारिबारिक हिसाबले १ जना १३०० २ जना २५०० र ३ जनाको ३५००मात्र राखिएको कोशाधक्ष्य इन्दिरा ज्ञवालिले जनाएकि छन ।
कार्यक्रममा करिब ३०० जनाको उपस्थिति रहने आयोजक को अनुमान रहेको छ । जाने व्यक्ति हरुलाइ सजिलो होस भन्ने उदेश्य ले विभिन्न ठाँउ बाट यातायात को व्यवस्था समेत गरिएको आयोजकको भनाइ रहेको छ ।
अर्घाखाँची चिदिकाका कलाकार हरुको उपस्तिथि मा विभिन्न सास्कृतिक कार्यक्रम समेत राखिएको अध्यक्ष केबल ज्ञवाली ले बताएका छन साथै फाल्गुन महिनाको तेस्रो हप्ता भित्र टिकट लिएर आफ्नो स्थान सुरक्षित गर्न सम्पर्क समाजका सह सचिव सुरज ज्ञवालीले बताएका छन । सम्पर्कको लागी मोबाइल न। ( ९८५७०३७१४२, ९८५७०३४६४५)