विक्रम पाण्डे
डिभर्ना, अर्घाखाँची । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नं.१२ डिभर्नामा रहेको ज्ञान प्रकाश माध्यमिक विद्यालयले प्रदेश नं. ५ स्तरीय निबन्ध प्रतियोगिततामा प्रथम स्थान प्राप्त गरेको छ ।
५ नं.प्रदेश, मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बुटवलद्वारा लैङ्गिक हिंसा विरुद्धको सोह्र दिने अभियानको अवसरमा आयोजित “लैङ्गिक हिंसाका कारणहरु र निवारणका उपायहरु “ विषयक माध्यमिक तह प्रदेश स्तरीय निबन्ध लेखन प्रतियोगितामा विद्यालय प्रथम हुन सफल भएको हो ।
प्रदेश नं. ५ का १२ जिल्लाका प्रतिष्पर्धी विद्यार्थीहरुलाई पछि पार्दै अर्घाखाँची जिल्ला सन्धिखर्क १२ ज्ञान प्रकाश मावि सल्लिाकोट कक्षा ११ मा अध्ययन गर्ने सुवास श्रेष्ठ प्रदेश प्रथम हुन सफल भएका हुन् ।
सफल विद्यार्थीलाई आज एक कार्यक्रम विच विद्यालयले सम्मान समेत गरेको छ । सम्मान कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यपक सुर्य बहादुर खनालले शिक्षक , अभिभावक र शिक्षकको अतुलनिय सहयोग र मिहिनेतका कारण सफलता प्राप्त गर्न सफल भएको बताउनु भयो ।