प्रेम नारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको आयोजनामा सन्धिखर्क नगरपालिका स्तरीय अनुशिक्षण कार्यक्रम विपि स्मृति भवन सन्धिखर्कमा सम्पन्न भएको छ । कार्यक्रमको उद्धाटन गर्दै नेपाली कांग्रेसका नेता रेवती प्रसाद भुसालले बर्तमान सरकार काण्डै काण्डमा रुमलिएको बताउनु भयो । उँहाले सरकार देशको विकास भन्दा पनि कमाउ धन्दामा लागि परेको बताउनु भयो ।
सन्धिखर्क नगरपालिकाका १२ वटै वडाका कार्यक्रता सहभागी रहेको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु प्रसाद खनाल (मुस्कान) ले नेपाली कांग्रेसको बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । जिल्लाका ६ वटै स्थानीय तहमा अनुशिक्षण कार्यक्रम सञ्चालन गरेको बताउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता बालकृष्ण पाण्डे, पुर्ब जिल्ला सभापति पिताम्बर शर्मा, कमल प्रसाद भुसाल, प्रदेश सांसद निर्मला क्षेत्री, जिल्ला उपसभापति शान्ता भण्डारी, महासमिति सदस्य सुर्य प्रसाद अधिकारी, महाधीवेशन प्रतिनिधि तथा जिल्ला सदस्य कृष्ण प्रसाद खनाल, प्रकाशन तथा प्रचार प्रसार समितिका विभागिय संयोजक माधव प्रसाद पौडेल, छत्रदेव गाउँपालिकाका उपाध्यक्ष तुलसा देवी श्रेष्ठ, नेपाली कांग्रेसका पुर्व जिल्ला कोषाध्यक्ष हरिबहादुर खड्का, जिल्ला सदस्य सिता भुसाल, तरुण दलका अध्यक्ष नारायण खड्का लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम सफर मियाको अध्यक्षता, माधव श्रेष्ठको स्वागत मन्तब्य र छमा कार्कीको सञ्चालनमा सम्पन्न भएको हो ।