अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची अर्घाखाँचीडट्कम। ७० औ प्रजातन्त्र दिबसको अबसरमा ७० औं प्रजातन्त्र दिबसको अबसरमा जनप्रतिनिधि, राजनीतिक दल,कर्मचारी र पत्रकारहरु बिच सन्धिखर्कमा मैत्रीपुर्ण भलिबल खेल सम्पन्न भएको छ ।
मैत्रीपूर्ण भलिबल खेल प्रतियोगितामा राष्टसेवक कर्मचारीहरुले प्रथम स्थान हासिल गर्न सफल भएका छन ।
टुडिखेलमा भएको सो खेलमा राजनीति दलको टिम दोस्रो र जिल्ला स्थित पत्रकारहरुको टिम तेस्रो तथा जनप्रतिनिधिहरुको टिम चौथमा पर्न सफल भएको छ ।
सरसफाइ अभियान सम्पन्न
७० औ प्रजातन्त्र दिबसको पुर्व सन्ध्यामा अर्घाखाँचीमा सरसफाई अभियान सम्पन्न गरिएको छ । प्रजातन्त्र दिबस मुल समारोह समिति अर्घाखाँचीको आयोजनामा सन्धिखर्क टुडिखेल बजारका बिभिन्न गल्लि शान्ति बगैचा सरसफाइ गरिएको प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले जानकारी दिनु भयो ।

मुलसमारोह समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पिताम्बर शर्माको नेतृत्वमा गरिएको सरसफाई अभियानमा प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल प्रहरी नायब उपरीक्षक प्रकाश बिष्ट शशत्र प्रहरी नायब उपरीक्षक माधब रेग्मी कर्मचारी मिलन केन्द्रका अध्यक्ष तथा बिषेश नापी कार्यालयका प्रमुख खिम बहादुर राना, प्रमुख अनुसन्धान अधिकृत बिनयराज चत्रुबेदी जिल्ला पुर्वाधार डिभिजन कार्यलय प्रमुख बिनोद चौधरी डिभिजन बन प्रमुख शिव शर्मा, सिचाइ डिभिजन प्रमुख बिस्णु प्रसाद भन्डारी सहायक प्रजिअ बिक्रम थापा, निमित्त जिल्ला समन्वय अधिकारी शंकर भुसाल आयुरबेद स्वास्थ प्रमुख डाक्टर अर्जुन शर्मा, कोष नियन्त्रण कार्यालयका प्रमुख राम बहादुर केसी, कृर्षि ज्ञानकेन्दका प्रमुख देबेस मिश्र, प्रधानमन्त्री जोनका बुद्धि भट्टराई लगायतका कार्यालय प्रमुखहरु, अधिकृत स्तरका कर्मचारीहरु, सुरक्षा निकायका प्रतिनिधिहरु नेपाल प्रहरी नेपाली सेना शस्त्र प्रहरी सन्चारक्रमिहरुको सहभागी तामा सरसफाइ गरिएको हो ।

प्रजातन्त्र दिबसको अबसरमा मंगलबार दिउसो जनप्रतिनिधि कर्मचारी राजनीतिदलका नेताहरु बिच मैत्रीपूर्ण भलिबल खेल हुने कर्मचारी मिलन केन्द्रका अध्यक्ष खिम बहादुर रानाले जानकारी दिनु भयो ।
फागुन ७ गते प्रभातफेरि प्रबचन कार्यक्रम गरि दिबस मनाईने प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले जानकारी दिनु भयो ।