माधव खनाल
ढाकावाङ फागुन ६ अर्घाखाँची । भुमिकास्थान नगरपालिका वडा न १ को ढाकावाङको सिटेनीमा राष्ट्रिय जनमोर्चाको अगुवा कार्यकर्ता भेला तथा सदस्यता वितरण, प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल किसान महासंघ का केन्द्रिय अध्यक्ष भैरव रेग्मिले राष्ट्रियताको पक्षमा आवाज उठाउदा जनताको साथ र समर्थन पाएको बताउनुभएको छ मंगलबार भुमिकास्थान नगरपालिका वडा न १ को सिटेनिमा राष्ट्रिय जनमोर्चा भुमिकास्थान १ ले आयोजना गरेको एक महिने साङ्गठनिक अभियानको अगुवा कार्यकर्ता भेला तथा सदस्यता वितरण एवम प्रशिक्षण कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट बोल्दै रेग्मिले उक्त कुरा बताउनुभएको हो साथै रेग्मिले राष्ट्रिय जनमोर्चाले संचालन गरेको एक महिने साङ्गठनिक अभियानले राष्ट्रियताको रक्षा धर्म निरपेक्षता र संघियताको खारेज गर्न सहयोग पुग्ने धारणा समेत राख्नुभएको छ यस्तै रेग्मिले वर्तमान सरकारले बिदेशीको इसरामा एम सिसि पास गर्न लागेकोमा बेलैमा सोच्न समेत सुझाव दिएका छन ।
कार्यक्रममा मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य झविलाल थापाले नेपालमा कुनै पनि हालतमा एम सिसि पास नहुने कुरामा विस्वस्त हुन कार्यकर्ता लाई आग्रह गर्दै देशलाई समृद्धिको दिशामा अगाडी बढाउनको निमित्त राष्ट्रिय जनमोर्चाको झण्डा मुनि गोलबन्ध हुन सम्पुर्णलाई आग्रह समेत गर्नुभएको छ ।
यस्तै कार्यक्रममा मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चाका अर्घाखाँची जिल्ला अध्यक्ष थम्मन केसिले वर्तमान सरकारले आफुलाइ कम्युनिस्ट भनेर जनतामा भ्रम छरेको आरोप समेत लगाउनुभएको छ साथै केसिले नेपालमा कुनै पनि हालतमा एम सिसि पारित हुन नसक्ने बताउनुभएको छ ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य मेघराज खनाल भुमिकास्थान नगर कार्यपालिका सदस्य शान्ता खनाल लगाएयतले मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सुर्यनाराण खनालको अध्यक्षता खुमा वेल्बासेको स्वागत त भोजराज खनालको सन्चालनमा सम्पन्न भएको थियो ।