सिद्धाराको धानखोलामा रहेको महादेव तपो गुफा सिढीको उद्‌घाटन महाशिवरात्रीको दिन हुने

अर्घाखाँचीडट्कम संवाददाता 
सिद्धारा, अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका वाड नं. ११ सिद्धाराको धानखोलामा रहेको महादेव तपो गुफामा निर्माण गरिएको सिढीको उद्‌घाटन फागुन ९ गते महाशिवरात्रीको दिन हुने भएको छ । 
महाशिवरात्रीको पावन अवसरमा धानखोला स्थित प्राकृतिक रुपमा श्रृजित तथा एउटा गौरवमय धार्मिक इतिहास बोकेको गुफालाई धार्मिक एवम् पर्यटकिय रुपमा प्रचार प्रसार तथा प्रर्वद्धन गर्ने उद्देश्यको साथ निर्माण गरिएको सिढीको उद्‌घाटन ५ नं. प्रदेशका पर्यटन मन्त्री माननिय लिला गिरी गर्नुहुनेछ । 
महादेव तपो गुफा व्यवस्थापन समितिका अनुसार उद्‌घाटन फागुन ९ गते महाशिवरात्रीको दिन बिहान ११ बजे हुनेछ । 

अन्य समाचारहरु