सिद्धाराका कर्ण बहादुर कुँवरले शितगंगा वार्ड नं. ११ को कार्यालय बनाउन ३ रोपनी जग्गा दान गरे


अर्घाखाँचीडट्कम संवाददाता 
सिद्धारा, अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका वार्ड नं. ११ को कार्यालयलाई सोही वडाका खयरभट्टी बस्ने एक समाजसेवी व्यक्तित्व कर्ण बहादुर कुँवरले जग्गा दान गरेका छन ।
वडा कार्यालयको भवन निर्माणको लागि भन्दै उनले ३ रोपनी जग्गा दान गरेको कुवंरले बताए । वडा नं. ११ को कार्यालय खयरभट्टीमा रहने भएपछि कुँवरले जग्गा दान गर्न तयार भई दान गरेका हुन ।
यस अघि वडा कार्यालयले जग्गाको लागि आवहान गरे अनुसार कार्यालयको भवन निर्माणका लागि नम्बरी जग्गाको आवश्यकता पर्ने भएकोले आफुले जग्गा दान गर्न राजी भएको कुवँरले बताए ।
मालपोत कार्यलयबाट उनले वडाको नाममा जाग्गा पास गरी सकेको समेत वडा कार्यालयले बताएको छ । अब जति सक्दो चाडो सोही स्थानमा आफ्नै भवन निर्माण गर्ने कार्यमा अगाढी बढेको वडा अध्यक्ष कपिल आलेले बताएका छन । 

अन्य समाचारहरु