सन्धिखर्कमा रहेको १०८ पन्चाङ मन्दिरलाई ४४ किलोको पित्तलको घन्टी सहयोग

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा रहेको १०८ पन्चाङ मन्दिरलाई ४४ किलोको पित्तलको घन्टी एक व्यवसायीले सहयोग गरेका छन् । 
सन्धिखर्कका व्यवसायी बसन्त भुसालले स्व. माता पबित्रा भुसालक‍ो सम्झनामा सन्धिखर्कमा रहेको १०८ पन्चाङ मन्दिरलाई ४४ किलोको पित्तलको घन्टी एक व्यवसायीले सहयोग गरेका हुन् ।     
मन्दिरमा बिधिबत पुजाआजा गरी मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष राधा घिमिरे कोषाध्यक्ष यमराज पान्डे मन्दिरका पूजारी जिबलाल चुदालीको रोहवरमा मन्दिरमा घन्टी अनाबरण गरिएको हो ।

अन्य समाचारहरु