सन्धिखर्कमा नेपाल कम्युनिष्ट पार्टी नेकपा नगर पार्टी कार्यालयको बैठक सम्पन्न

Image result for कम्युनिष्ट पार्टी नेकपा सन्धिखर्क arghakhanchi.com

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क,  अर्घाखाँची (अर्घाखाँचीडट्कम) फागुन ११ । नेपाल कम्युनिष्ट पार्टी नेकपा सन्धिखर्क नगर पार्टी कार्यालयको बैठक सनिवार सम्पन्न भएको छ । 
बैठक नेपाल कम्युनिष्ट पार्टी नेकपा सन्धिखर्क नगर कमिटि अध्यक्ष श्रीकृष्ण भुसालको अध्यक्षता र शिब अघिकारीको सञ्चालनमा सम्पन्न भएको हो । बैठकमा नगर कमिटि इन्चार्ज राजेन्द्र भुसाल, सहइन्चार्ज युबराज श्रेष्ठ लगायतका नेताहरुले मन्तब्य राख्नु भएको थियो ।
बैठकमा सन्धिखर्क नगर कमिटि अन्र्तरगतका वडाअध्यक्षहरुले वडाको संगठनात्मक अबस्था र विकास निर्माणको बारेमा रिपोटिङ् गर्नुभएको थियो । 
बैठकले नगरपार्टीको कामको समिक्षा, संगठनको अबस्था, विकास निर्माणका योजना बारे छलफल गर्नुका साथै आसन्न जिल्ला कमिटि बैठकमा प्रस्तुत गर्ने रिपोर्ट समेत पारित गरेको अध्यक्ष श्रीकृष्ण भुसालले जानाकारी दिनुभयो ।

अन्य समाचारहरु