(प्रकासित मिती: २०७६ फाल्गुन ११, आइतवार)
शोभाखर पन्थी / अर्घाखाँचीडट्कम संवाददाता
फुदवाङ, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका – ८ हंसपुरमा बाल शिक्षा आधारभुत बिधालय हंसपुरकाे ६० औ वार्षिकोत्सब कार्यक्रम सम्पन्न भएको छ ।
अर्घाखाँची लाई देशकै नमुना जिल्ला बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । जिल्लामा चौतर्फी रुपमा बिकास निर्माणका कामहरु भैरहेको भन्दै उहाँले केही बर्षमै अर्घाखाँची देशको नमुना जिल्ला बन्ने दाबी गर्नुभयो । बालशिक्षा आधारभुत बिद्यालय मालारानी ८ हंसपुर कमेरेपानीको ६० औं बार्षिकोत्सब तथा अभिभावक भेलाको उद्घाटन गर्दै उहाँले अर्घाखाँची पुर्वाधार बिकासको दृष्टीकोणले अग्रस्थानमा रहेको दृष्टान्त प्रस्तुत गर्दै मुलुकभर राष्ट्रिय योजनाका सडक ८० वटा हुदाँ अर्घाखाँचीमा मात्र ८ वटा राष्ट्रिय स्तरका योजनाहरु सञ्चालनमा हुनु त्यसको गतिलो उदाहरण भएको बताउनु भयो । जिल्लामा ३ बर्ष भित्रमा सबैको घर घरमा पानीको धारो पुराउने गरि योजनाका कामहरु सञ्चालन भएको , वडा स्तरमा आधारभुत स्वास्थ्य संस्थाहरु निर्माणको चरणमा रहेको भन्दै अब उत्पादन संग जोडेर स्वरोजगार बनाउनु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा मन्तव्य राख्दै प्रदेश सभामा सदस्य चेतनारायण आचार्यले शिक्षा क्षेत्रको सुधार गर्नको लागि सबैलाग्नु पर्ने बताउनु भयो । उहाँले वर्तमान शिक्षा प्रणालीमा आमुल परिवर्तन गर्न नसके मुलुक गंभिर संकटमा फस्नसक्ने चिन्ता प्रकट गर्दै प्राबिधिक र रोजगार मुलक शिक्षाको बिकासमा जोड दिनुभयो । उहाँले निर्वाचनको बेला गरेका प्रतिबद्धता पूरा हुँदै गएको बताउनु भयो । ‘नेकपाले निर्बाचनको बेला जन्तामाझ बोलेका प्रतिबद्धताहरु पुरा हुने चरणमा रहेका छन । ३ बर्ष भित्र जिल्लाका सबै घरमा सुरक्षित खानेपानीको धारा , बाटाहरुको स्तर उन्नती , व्याक्तिहरुलाई उत्पादन संग जोडेर उत्पादन भएका बस्तुको बजारीकरण गर्ने वाताबरण तयार पार्ने गरि काम गरिरहेका छौ ।
’ पालिका अध्यक्ष बालकृष्ण आचार्यले माध्यमिक बिदयलाय सञ्चालन गर्न शिक्षक दरबन्दीको लागि आबस्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । ‘शिक्षा क्षेत्र सुधार गर्न दरबन्दी मिलान लगाएतका कार्य सम्पन्न गरेका छौ । १ कक्षा देखी अग्रेजी माध्यममा पठन पाठन सुरु गरेका छौ । ’
शिक्षाबिद् नरेन्द्रकुमार क्षेत्रीले माध्यमिक बिद्यालय सञ्चालन गर्नको आर्थिक अबस्था मजबुत बनाउनु पर्ने मा जोड दिनु भयो । ‘माध्यमिक बिद्यालय समुदायको लगानीमा सञ्चालन गर्ने बिषयमा सेतो हात्ती पाल्नु सरह हो । बिद्यालयको कोषमा रकम जम्मा गर्नुहोला । ’
कार्यक्रममा मालारानी गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष नरेन्द्रकुमार बस्नेतले निर्बाचनको बेला माध्यमिक बिद्यालय बनाउने प्रतिबद्धता पुरा गरेको भन्दै सबैको सहयोगको अपेक्षा गरेको बतानु भयो ।
बिद्यालयका पुर्व प्रधानाध्यापक शोभाखर पन्थीले बिद्यालयमा गुणस्तर सुधार गर्न शिक्षक अभिभाबक र बिद्यार्थीको महत्वपूर्ण भुमिका हुने बताउनु भयो । , भुमेदह माबिका प्रध्यानाध्यापक भुपेन्द्र थापा , बिद्यालयका पूर्ब व्यबस्थापन समितीका सदस्य कृष्णबहादुर बस्नेत ,बिद्यालयका प्रधानाध्यापक राजेन्द्रप्रसाद पन्थी लगायतका वक्ताहरूले मन्तव्य राख्दै बिद्यालयको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।