अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौं । अर्घाखाँची राष्ट्रसेवक समाजले पिकनिक तथा सम्मान कार्यक्रम काठमाडौंमा गर्ने भएको छ ।
अर्घाखाँची राष्ट्रसेवक समाजले यही फाल्गुन २४ गते काठमाडौं उपत्यकाको टाैदहमा आयोजना गर्ने भएको हो । समाजले सो दिन सबै क्षेत्र र तहका कर्मचारीहरूलाई सहभागी हुन तथा सम्पर्क गर्न अनुराेध समेत गरेको छ ।