ठाडामा जारी शितगगां कृषि तथा औद्योगिक महोत्सवको एघारौँ दिन कमल खत्री लगायतका कलाकारले तताए, ८ लाख बढिको आर्थिक कारोवार (तस्बिर सहित)

अर्जुुन बेल्बासे
ठाडा,  अर्घाखाँची (अर्घाखाँचीडट्कम)  ।  अर्घाखाँची जिल्लाको शितगगांमा जारी कृषि तथा औद्योगिक महोत्सवको एघारौँ दिन आईतवार गायकहरू पप गायक कमल खत्री,चर्चित लोक तथा दोहोरी गायक पुर्ण चन्द्र परीयार ,लोक दोहोरी गायिका सिर्जना भट्टराइ ,डान्सर जमुना रेग्मी लगायत स्थानिय कलाकारहरुले महोत्सव स्थल तताएका थिए  । महोत्सवको मुख्य आकर्षकको रुपमा रहेका पप गायक कमल खत्री रहेका थिए । दर्जन बढि गीत गाएका उनले दर्शकहरुलाई नचाएका थिए ।
झमक्कै साँझ पर्नै आँटेपछि स्टेजमा प्रस्तुत गायक कमलले जब पप गीतका टुक्का जोडे तव दर्शक रमाउन सुरु भयो । कार्यक्रममा सहभागी युवायुवतीहरुले उनको स्वरमा स्वर मिलाएर गीत गाएका थिए । यसै गरि गायक पुर्ण चन्द्र परीयारले लोक भाकाका गितहरुले दर्शकहरुलाई मौलिक लोक गीतको स्वाद चखाएका थिए ।
महोत्सवमा नेपाल लोक स्टार रनर शुशिल आचार्यसगैँ युवा पिढिका पुस्ता उनि सगैँ रमाएका थिए । दर्शले सयसैगरि उनले लोक भाका का गितहरु सगैँ दर्शकहरुलाई नचाएका थिए । यस अलावा स्थानीय स्तरका कलाकारहरुको प्रस्तुतीले महोत्सव थप संगितमय बनेको थियो ।फागुन १गते देखि सुरु भएको महोत्सवको एघारौँ दिन महोत्सवमा दर्शकहरुको बाक्लो उपस्थिती रहेको थियो । त्यीतै महोत्सवकोे बाहैँ दिन भोली चचिल अधा दर्जन राष्ट्रिय कलाकार स्थानिय कलाकारको प्रस्तुती रहने रहने आयोजकले जनाएको छ ।साथमा प्रथम सितगगां डान्स आइडल महोत्सवको मुख्य आकर्षकको रुपमा रहेको थियो । त्यस्तै महोत्सवमा भोली १२ दिन मुख्य आकर्षकको रुपमा चर्चित गायक बिष्णु खत्रि,दिपकदर्लामी ,नन्दु परियार लगायत स्थानिय कलाकारको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।
महोत्सवको मुख्य आकर्षकको रुपमा लिएको प्रथम सितगगां डान्स आइडलमा आज प्रतिशप्रधाको मैदानमा ६जना प्रतिशप्रधाको मैदानमा उत्रिएका मध्ये आज प्रतिशप्रधि प्रतिक्षा वि सी बाहिरीए सगैँ भोली ५ जनाले प्रतिशप्रध गर्ने र भोलीको आइडल सधै भन्दा रोचक बन्ने आयोजले जनाएको छ ।
१०५बढि बिभिन्न खालका स्टलहरु रहेको मेलामा स्थानीय बस्तु तथा सामग्रीहरु, कृषि प्रदर्शनी, बाल उद्यान, खेल, रमाईलो मेला स्थानिय उत्पादनमा कृषि उपज तथा , डोका नाम्ला देखि बाँसमा मान्द्रा, बुढा लगायत बिभिन्न उत्पादनको सामाग्रीहरुको प्रदशन तथा बिक्री बितरण ,निशुल्क स्वास्थ चेक जाचँ ,राष्ट्रिय कलाकार,डान्स गु्रपको प्रदर्शनी लयायत विविध प्रस्तुतिले पनि महोत्सवमा दर्शकहरुलाई आकर्षित गरेको छ । 
सितगगां उध्योग वाण्ज्यि संघको आयोजना तथा सितगगां नगरपालीकाकको सहआयोजनामा मा जारी महोत्सव अवधिभर २ करोड बराबरबो आर्थिक कारोवार र ६० हजार बढि दर्शकलाइ महोत्सवको अवलोकन गराउने आयोजकको लक्ष्यरहेको छ ।

अन्य समाचारहरु