अर्घाखाँचीडट्कम संवाददाता
धनचौर, अर्घाखाँची १२ फागुन । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका १० धनचौरको लक्ष्मीडाँडामा ट्रयाक्टर दूर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सोमबार लु ४ त ४५३९ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा सन्धिखर्क नगरपालिका–११ का चालक दिनेश विश्वकर्माको मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानाकारी दिए । उनको दुर्घटनास्थलमै मृत्यु भएको थियो ।
प्युठानको झिमरुकबाट बालुवा लिई धनचौर देउराली आउने क्रममा उकालो बाटोमा बे्रक फेल भई ट्रयाक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्रयाक्टर सडकबाट २०० मिटर तल खसेको विष्टले बताए ।