अर्घाखाँचीमा सामाजिक कार्यमा पनि सक्रियता बढाउदै न्यु सागर एण्ड सगरमाथा टुर एण्ड टैवल्स

Image result for न्यु सागर एण्ड सगरमाथा टुर एण्ड टैवल्स

प्रदीप शुर्यवंशी 
मैदान, अर्घाखाँची  ।  न्यु सागर एण्ड सगरमाथा टुर एण्ड टैवल्स प्राईभेट लिमिटेडले यस पटक तेस्रो पाणिनी दुर्वाशेश्वर पर्यटन महोत्सव २०७६ मा आफ्नो महत्त्वपूर्ण भूमिका निभाएको थियो । 
नेपाल देखी भारतको विभिन्न स्थानमा दैनिक रुपमा यातायात सेवा संचालन गरिरहेको यस ट्रैवल्सले सामाजिक कार्यमा पनि उल्लेखनीय योगदान पुर्याएको छ । 
महाशिवरात्री पर्व को अवसरमा पाणिनी ३ दुर्गाफाँटमा आयोजित तेस्रो पाणिनी दुर्वाशेश्वर पर्यटन महोत्सवमा न्यु सागर एण्ड सगरमाथा टुर एण्ड टैवल्स प्राईभेट लिमिटेड मुख्य प्रायोजकको रुपमा रहेको थियो । 
पाणिनी ५ निवासी युवा व्यावसायि वावुराम घिमिरेले कम्पनीको तर्फवाट आफ्नो उपस्थिती जनाएको वताउदै पाणिनी क्षेत्र आफ्नो जन्मस्थान पनि भएकोले यस पालिकामा आयोजना हुने हरेक यस्ता कार्यक्रम आफु र आफु आवद्ध कम्पनी तर्फवाट सदैव सहयोग रहने वनाएका छन ।
पाणिनी पर्यटन समाज अर्घाखाँचीका अध्यक्ष झविन सुनाम , उपाध्यक्ष धुव्र घिमिरे र सचिव केशव वन्जाडे सहित यस समितीका सवै पदाधिकारी को कार्यप्रति खुलेर प्रशंसा गरेका घिमिरेले सस्थाको तर्फवाट तिहारमा संचालित भैली कार्यक्रममा पनि एम्बुलेंस खरिदको लागी आर्थिक सहयोग गरेका थिए । 
हामी सुख दुखमा सहयोगीको भूमिका निभाउन तयार छौ । यस पटक सस्थाले पाणिनी दुर्वाशेश्वर पर्यटन महोत्सव २०७६ मा न्यु सागर एण्ड सगरमाथा टुर एण्ड टैवल्स लाई मुख्य प्रयोजक को लागी स्थान दिएकोमा धन्यवाद ज्ञापन गर्दै समिती सदस्य पाणिनी ५ निवासी लक्ष्मण घिमिरेले आगामी दिनमा पनि आवश्यक सहयोग गर्न तयार रहेको वताएका छन । 
वावुराम घिमिरे समितीका उपादक्ष्य तथा एमडी पनि भएकोले आफै उपस्थित रहेका थिए । म पाणिनी गाँउ पालिका वडा नं ५ मा जन्मिएको हुदा यस क्षेत्रमा विकास गर्नु मेरो पनि दायित्व हो वावुराम घिमिरेको धारणा थियो । कृष्णनगर कपिलवस्तुमा मुख्य कार्यालय र वुटवलमा साखा रहेको न्यु सागर एण्ड सगरमाथा टुर एण्ड टैवल्स प्रालिको सेवा प्रवाह राम्रो भएकोले यसले आफ्नै अलग पहिचान वनाएको छ । यस कार्यक्रममा चर्चित गायक राजु परियार,नन्दु परियार,संगीता चितौरे लगायतको खुलेर प्रशंसा गरेका घिमिरे कलाकारलाई पनि निकै माया गर्ने व्यक्ति भएकोले आफु उपस्थित भएको वताएका छन ।

अन्य समाचारहरु