एक महिने जागरण अभियानले अर्घाखाँची राष्ट्रिय जनमोर्चामय (भिडियो, तस्बिर सहित)


अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्ला यतिबेला राष्ट्रिय जनमोर्चामय भएको छ । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले सञ्चालन गरेको एक महिने संगठनात्मक अभियानप्रति आम रुपमा चासो बढेको छ ।
यस्तै मंगलबार राजमो अर्घाखाँचीले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुले संगठनात्मक अभियानसहित एमसीसी, सीमा अतिक्रमण तथा भ्रष्टाचारविरुद्ध राजमोको अभियानबारे प्रश्न गरेका थिए ।
कार्यक्रममा अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरव रेग्मीले अर्घाखाँचीमा संगठनात्मक अभियान कसरी चलिरहेको छ, भन्नेबारे स्पष्ट पार्नुभएको थियो । अध्यक्ष रेग्मीका अनुसार अर्घामा ९ वटा टिम बनाएर जिल्लाब्यापीरुपमा सदस्यता वितरण तथा संगठन निर्माणको काम चलिरहेको छ । त्यसबाहेक वडास्तरमा बेग्लाबेग्लै टिमहरु बनेका छन् । हजारौंले राजमोको सदस्यता लिएका छन् भने कैयौं व्यक्तिहरु अन्य पार्टी परित्याग गरी राजमोमा प्रवेश गरेका छन् ।
यस्तै, पत्रकारले एमसीसीका बारेमा सोधेको प्रश्नको जवाफ दिँदै अध्यक्ष रेग्मीले अमेरिकाले नेपाललाई दिने ५५ अर्बसँग नेपालको सार्वभौमिकता साट्न खोजेकोले विरोध गर्नुपरेको स्पष्ट पार्नुभयो । ‘हामीले विदेशी सहायतालाई सामान्यतया अस्वीकार गर्दैनौं । तर, अमेरिकाले ५५ अर्बसँग नेपालको सार्वभौमिकता साट्न खोजेको छ’ अध्यक्ष रेग्मीले भन्नुभयो, ‘देशलाई धरौटीमा राखेर विदेशी सहयोग कुनै हालतमा स्वीकार्न सकिन्न । संसदबाट एमसीसी खारेज हुनुपर्छ ।’
यस्तै, अध्यक्ष रेग्मीले कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका भूभाग आफ्नो नक्शामा समेटेर भारतले नेपाललाई चुनौती दिएको भन्दै यो विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिनुभयो । फरक प्रशंगमा उहाँले नेपालमा भ्रष्टाचार डरालाग्दो गरी संस्थागत हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै भ्रष्टहरुलाई सामाजिक बहिष्कार गर्नुपर्ने बताउनुभयो ।
राजमो जिल्ला अध्यक्ष थम्मन केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजमो केन्द्रीय सदस्य शेरबहादुर बिसी, वैकल्पिक केन्द्रीय सदस्य यामलाल पोखरेल, नेकपा (मसाल) का जिल्ला प्रवक्ता पशुपति ढकाललगायत नेताहरु सहभागि हुनुहुन्थ्यो । कार्यक्रमको सञ्चालन राजमो जिल्ला सल्लाहकार जिवनारायण खनालले गर्नुभएको थियो ।
१.एक महिने जागरण अभियानको जिल्ला स्तरिय परिचालन समिति ः
संयोजक ः राजमो अर्घाखाँचीका बरिष्ठ नेता शेर बहादुर बि.सी. रहेको ७ सदस्यिय परिचालन समिति बनेको छ । जसमा राजमो केन्द्रिय सदस्य झविलाल थापा,नेता सागर के.सी.,जिल्ला अध्यक्ष थम्मन के.सी.,कोषाध्यक्ष यमलाल पोख्रेल,सचिवालय सदस्य गोविन्द वि.सी. र मसालका प्रवक्ता पशुपति ढकाल सदस्य रहनुभएको छ ।
२.पालिका स्तरिय समिति ः
क) भुमिकास्थान नगरपालिका ः संयोजक थम्मन के.सी.,सह–संयोजक भुनपा अध्यक्ष टेक बहादुर थापा रहेको ११ सदस्यिय
ख)सन्धिखर्क नगरपालिका ःसंयोजक राजमो सचिवालय सदस्य गोविन्द वि.सी..,सह–संयोजक किसान संघका जिल्ला सचिव भिमलाल आचार्य रहेको १३ सदस्यिय
ग)मालारानी गाउँपालिका ः संयोजक राजमो जिल्ला प्रतिनिधि कमल प्रसाद भुसाल,सह–संयोजक बुद्धिजिवी संघका जिल्ला अध्यक्ष नरेन्द्र बहादुर थापा रहेको ११ सदस्यिय
घ)शितगंगा नगरपालिका ः संयोजक राजमो जिल्ला कोषाध्यक्ष यमलाल पोख्रल.,सह–संयोजक जोग बहादुर सारु रहेको ७ सदस्यिय
ङ)छत्रदेव गाउँपालिका ः संयोजक नेकपा मसालका जिल्ला प्रवक्ता पशुपति ढकाल.,सह–संयोजक राजमो जिल्ला सचिवालय सदस्य गंगाराम खनाल रहेको ७ सदस्यिय
च)पाणिनी गाउँपालिका ःसंयोजक अनेम संघ जिल्ला सचिव कल्पना पोख्रेल.,सह–संयोजक राजमो जिल्ला सल्लाहकार देवी भुसाल रहेको ७ सदस्यिय
३.भुमिकास्थान नगरपालिकाका १० वटा वडा स्तरिय समिति ः
क) वडा नम्बर १ र २ ढाकावाङ्ग ः संयोजक राजमो केन्द्रिय सदस्य झविलाल थापा,सह–संयोजक राजमो जिल्ला अध्यक्ष थम्मन के.सी.
ख) वडा नम्बर ३ र ४ धारापानी ः राजमो अर्घाखाँचीका बरिष्ठ नेता सागर केसी.,सह–संयोजक राजमो नेता खडक बहादुर थापा
ग)वडा नम्बर ५ र ६ खिल्जी–असुरकोट ः संयोजक राजमो बरिष्ठ नेता शेर बहादुर वि.सी.,सह–संयोजक राजमो जिल्ला उपाध्यक्ष गोपाल पौडेल,
घ) वडा नम्बर ७ र ८ नुवाकोट ः संयोजक अनेम संघ केन्द्रिय महासचिव सकुन्तला राना,सह–संयोजक राजमो भुमिकास्थान अध्यक्ष टेक बहादुर थापा,
ङ) वडा नम्बर ९ र १० ढिकुरा–धनचौर ः संयोजक राजमो जिल्ला सचिव बाबुराम सुनार,सह–संयोजक राजमो जिल्ला सदस्य कविराम खनाल ।
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आयोजना गरेको एक महिने बिशेष सांगठानिक अभियानको फागुन १ गते भव्य रुपमा उद्घाटन गरेको छ । पार्टीको केन्द्रिय समितिकै निर्णय अनुसार देशैभर फागुन १ गतेबाट सुरु भएको एक महिने अभियानलाई अर्घाखाँचीमा पनि ६ वटै पालिकाका पुराना बामपन्थी नेताहरुलाई दोसल्ला ओडाएर अभियानको भव्यरुपमा उद्घाटन गरिएको हो । ६ वटा टोलीले जिल्लाका ६ वटै पालिकामा एक जना युवकलाई राजमोको सदस्यता र जेष्ठ सदस्यलाई दोसल्लाले सम्मान गर्दै सुरु गरिएको अभियानमा राजमोका बिशिष्ट नेताहरु शेर बहादुर बि.सी.,सागर के.सी.,केन्द्रिय सदस्य झविलाल थापा,जिल्ला अध्यक्ष थम्मन के.सी.,उपाध्यक्ष गोपाल पौडेल,सचिव बाबुराम पन्थी,कोषाध्यक्ष यमलाल पोख्रेल,नेकपा मसालका जिल्ला प्रवक्ता पशुपति ढकाल,राजमो नेताहरु गोविन्द बि.सी.,कमल प्रसाद भुसाल,कमल प्रसाद घिमिरे,गंगाराम खनाल,कविराम खनाल,खड्क बहादुर थापा,टेक बहादुर थापा,जिवनारायण खनाल,कल्पना पोख्रेल,अखिल छैठौंका केन्द्रिय सचिव गोपाल प्रसाद भट्टराई,अन्टुक जिल्ला अध्यक्ष सिद्धि भट्टराई,जातिय समता समाजका जिल्ला अध्यक्ष राजेन्द्र नेपाली,किसानका सचिव भिमलाल अचार्य,पोमनारायण पौडेल,रुद्र पराजुली,प्रगतिशिल पत्रकारका जिल्ला अध्यक्ष जितेन्द्र खत्री लगायतको सहभागिता रहेको थियो । अहिले देशका हरेक क्षेत्रमा जकडिएको बेथिको झाँङ्गलाई ओखेल्न र राष्ट्रियताको रक्षाको निम्ती जनजागरण अभियानको खाँचो रहेको नेताहरुले बताएका छन् । फागुन महिनाभरि जिल्लाका ६१ वटै वडामा पुगेर हजारौं नयाँ सदस्यता बिस्तार गर्ने योजना बनाएको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको यो अभियानमा जिल्लाको पुरै शक्ति परिचालन हुने पार्टी अध्यक्ष थम्मन के.सी.ले जानकारी दिनुभएको छ ।
राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगर समितिले डेढ दर्जन बढि पुराना बामपन्थी ब्यक्तित्वहरुलाई सम्मान गरेको छ । राजमो अर्घाखाँचीले आयोजना गरेको एक महिने बिशेष सांगठानिक अभियानको उद्घाटन गर्दै नगर समितिले २३ जना जेष्ठनागरिकलाई दोसल्ला ओडाएर सम्मान गरेको हो । राजमो नगर अध्यक्ष टेक बहादुर थापाको अध्यक्षता,कविराम खनालको स्वागत मन्तव्य र बाबुराम पन्थीको संचालनमा सम्पन्न कार्यक्रममा ६० बर्ष माथिका जेष्ठ बाम सदस्य भुमिकास्थान १ का मन बहादुर वि.क.,जुद्ध बहादुर बैजाली भुमिकास्थान २ का रोमाखर बन्जाडे,हिमलाल बन्जाडे,३ का साल बहादुर थापा,४ का देवका सुनार ,५ का जालपादेवी नेपाली,मित्रलाल वेल्वासे,डुक बहादुर वि.क.,६ का शुभ कुमारी बस्नेत,७ का गोविन्द बहादुर थापा,लोक बहादुर थापा,८ का बेदुराम गैरे,९ का चोपलाल घिमिरेलाई सदस्यता,फुलमाला र दोसल्ला ओडाएर सम्मान गरिएको राजमोका केन्द्रिय सदस्य झविलाल थापाले जानकारी दिनुभएको छ । झन्डै तिस जना नेताहरुको सहभागितामा संचालन भएको अभियान उद्घाटन टोलीले भुमिकास्थान १० मा धनिराम गैरे,डाँस बहादुर वि.क.,बुद्धिराम गैरे,हुमकला गैरे,सुमित्रा गैरे,रामलाल भुसाल,बिर बहादुर खत्री र रिखिराम गैरेलाई पनि सदस्यता,फुलामाला र दोसल्लाले सम्मान गरिएको अभयानका अर्का नेता सागर केसीले जानकारी दिनुभएको छ । अभियानमा राजमो नेता शेर बहादुर बि.सी.,जिल्ला अध्यक्ष थम्मन के.सी.,उपाध्यक्ष गोपाल पौडेल,कविराम खनाल,खड्क बहादुर थापा,अखिल छैठौंका केन्द्रिय सचिव गोपाल प्रसाद भट्टराई,प्रगतिशिल पत्रकारका जिल्ला अध्यक्ष जितेन्द्र खत्री लगायतको सहभागिता रहेको थियो ।यसैविच अभियानको दोस्रो दिन राजमोको अर्को टोलीले हिजो मालारानी गाउँपालिकाको हंसपुरमा अभियान सम्पन्न गरेको छ । बिर बहादुर कुंवरको अध्यक्षता,नरेन्द्र नगरकोटीको स्वागत मन्तव्य र योगेन्द्र थापाको संचालनमा सम्पन्न कार्यक्रममा टोलीका संयोजक कमल प्रसाद भुसालले स्वर्गिय बाम नेता जंग बहादुर थापाको श्रीमती कृष्णकला थापालाई सदस्यता प्रदान गरि दोसल्ला ओडाएर सम्मान गर्नुभएको बताइएको छ । राजमो हंसपुरका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागितामा सम्पन्न कार्यक्रममा टोली संयोजक भुसाल र सह–संयोजक नरेन्द्र बहादुर थापाले ८७ बर्षिय जेष्ठ बामपन्थी ब्यक्तित्व पूर्ण बहादुर नगरकोटीलाई पनि दोसल्ला ओडाएर सम्मान गर्नुभएको राजमो मालारानीले जनाएको छ । अहिले देशका हरेक क्षेत्रमा जकडिएको बेथिको झाँङ्गलाई ओखेल्न र राष्ट्रियताको रक्षाको निम्ती जनजागरण अभियानको खाँचो रहेको राजमोका नेताहरुले बताएका छन् । फागुन महिनाभरि जिल्लाका ६१ वटै वडामा पुगेर हजारौं नयाँ सदस्यता बिस्तार गर्ने योजना बनाएको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको यो अभियानमा जिल्लाको पुरै शक्ति परिचालन हुने पार्टी अध्यक्ष थम्मन के.सी.ले जानकारी दिनुभएको छ ।
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले संचालन गरेको एक महिने जागरण अभियान अन्तरगत शुक्रबार खिल्जी र असुरकोटमा कार्यक्रम सम्पन्न भएका छन् । खिल्जी र असुरकोटमा भएका छुट्टा छुट्टै प्रशिक्षण भेलाले आसन्न फागुन महिनाभर संचालन गरिने एक महिने जागरण अभियान संचालन गर्नको निम्ती खिल्जीमा मित्रलाल पोख्रेल संयोजक र कृष्ण वेल्वासे सह–संयोजक रहेको ११ सदस्यिय परिचालन समित बनाएको छ । दुवै ठाउँमा राजमोका नेता तथा कार्यकर्ताको उल्लासपूर्ण उपस्थितिमा सम्पन्न भेलाले असुरकोटमा हिमलाल वेल्वासेको संयोजकत्वमा १७ सदस्यिय अभियान परिचालन समितिको गठन गरेको छ ।जसको सह–संयोजकमा मान बहादुर राना चयन हुनुभएको बताइएको छ । कार्यक्रममा राजमो नेता शेर बहादुर बि.सी.र गोपाल पौडेलले सहजिकरण गर्दै मुलुकमा ब्याप्त रहेको सामाजिक बिकृति र राष्ट्रियताका लागि नेपाली जनताले कठोर संघर्ष गर्नुपर्ने बेला आएको बताउनुभएको छ । मित्रलाल पोख्रलको अध्यक्षता, कृष्ण प्रसाद वेल्वासेको स्वागत मन्तव्य र प्रकाश पौडेलको संचालनमा सम्पन्न भेलामा नेताहरु हिमलाल वेल्वासे,तुल्सी वेल्वासे,राजु सुनार लगायतको आतिथ्यता रहेको थियो ।

अन्य समाचारहरु