अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको अर्धबार्षिक कार्य प्रगति प्रस्तुतिकरण तथा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा अर्धबार्षिक कार्यप्रगति प्रस्तुतिकरण तथा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको एक भब्य समारोहबीच प्रतिनिधि सभाका सदस्य टोपबहादुर रायमाझीले उदघाटन गर्नु भएको थियो । प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलको अध्यक्षता सहायक प्रमुख जिल्ला अधिकारी बिष्णु राज बेल्बासेको सन्चालमा शुरु भएको कार्यक्रममा सासदहरु चेतनारायण आचार्य रामजी प्रसाद घिमिरे निर्मला क्षेत्री जाल्पा भुसाल सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल शितगंगा नगरपालिकाका प्रमुख सुर्य प्रसाद अधिकारी मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्य शर्मा, छत्रदेब गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेल, सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिक, राजनीति दलका नेताहरु नेकपाका नेता पिताम्बर भुसाल नेपाली काङ्ग्रेसका नेता बिस्णु भुसाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष थम्मन केसी, समाजबादी पार्टीका नेता राजु नेपाली, साझा बिबेकसिलका हरि प्रसाद भुसाल, परिबार दलका डिल्लीराज भुसाल, प्रहरी नायब उपरीक्षक प्रकाश बिष्ट, शसस्त्र प्रहरी नायब उपरीक्षक माधब रेग्मि, प्रमुख अनुसन्धान अधिकृत बिनयराज चत्रुबेर्दी लगायतको उपस्थिति रहेको थियोे ।

यस्तै सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जिबन ज्ञवाली डिभिजन बन अधिकृत शिव शर्मा प्रमुख कोष नियन्त्रक राम बहादुर केसी, सडक डिभिजन कार्यालय शिवपुरका डिभिजन ईन्जिनियर ईश्वर बहादुर रिजाल, सिचाइ डिभिजन कार्यलयका डिभिजन ईन्जिनियर बिस्नु प्रसाद भन्डारी, जिल्ला अस्पतालका प्रमुख डाक्टर कपिल गौतम, खानेपानी सघिय कार्यालयका प्रमुख राम प्रसाद घिमिरे, खानेपानी साईट कार्यालय अर्घाखाँचीका ईन्जिनियर रामभरोष यादब जिल्ला आयुर्वेद प्रमुख डाक्टर अर्जुन शर्मा, निमित्त जिल्ला समन्वय अधिकारी शंकर भुसाल, जिल्ला न्याधिबक्ता हरि घिमिरे, कृर्षि ज्ञान केन्द्रका देवेस मिश्र, प्रधानमन्त्री जोनका थिरलाल गैरे, शिक्षा ईकाईका मणि पराजुली लगायतका कार्यालय प्रमुखहरु सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ का काबा अध्यक्ष लक्ष्मण पराजुली २ का अध्यक्ष मोतिजङ रायमाझी लगायतका स्थानिय जनप्रतिनिधिहरु नेपाल हेबि ईक्मेन्ट ब्यबसायी महासघका केन्द्रीय उपाध्यक्ष बसन्त भुसाल उधोग बाणिज्य संघका महासचिब प्रदिप मिश्र, चेम्बर अफ कमर्सका अध्यक्ष अशोक श्रेष्ठ, निर्माण ब्यबसायी संघका अध्यक्ष ऋषिराम अधिकारी, उपाध्यक्ष कबिराम खनाल, पश्चिम नेपाल बस ब्यबसायी समितिका प्रतिनिधि देउराली यातायातका सहअध्यक्ष भेष बहादुर बिसी, लन्का यातायातका नारायण भट्टराई, नेपाल रेडक्रस सोसाइटीका सभापति कुशल भुसाल, नेपाल वार एसोसिएसनका प्रतिनिधि लगायतका संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु पत्रकार महासघका जिल्ला अध्यक्ष हिम लेकाली लगायत जिल्ला स्थित क्रियासिल सन्चारकर्मीहरुकोहरुको उपस्थिति रहेको थियोे ।

कार्यक्रममा जिल्ला स्थित कार्यालयहरुले गरेको कार्यप्रगति बिबरण सुशासन प्रादर्सिता शान्ति सुरक्षा बिकास निर्माण लगायतका बिषयमा घनिभुत छलफल भएको थियोे । सहभागीहरुले उठाएको गुनासो सुझाबलाई सम्बन्धित कार्यलयका प्रमुख स्थानीय तहका प्रमुख जनप्रतिनिधिहरुले जबाफ दिनु भएको थियोे ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले ६ महिना भित्र गरेको काम कारबाही प्रगति बिबरण प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले कार्यपत्र प्रस्तुत गर्नु भएको थियोे ।