पाणिनीमा तथ्याक संकलक गणकहरुको ३ दिनको तालिम समापन

दिपक भट्टाराई
पाणिनी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले वास योजना निर्माण कार्यले पालीकाको थप उपलब्धी प्राप्त हुने बताउनु भयो। विकास भनेको सडक कालोपत्र गर्ने मात्र नभई खानेपानी र सरफाई पनि भएको हुनाले सबैले यस्को अर्थ बुझन आग्रह गर्नुभयो ।
वास योजना निर्माण का लागि छनोट भएका तथ्याक संकलक गणकहरुको ३ दिनको तालिम समापन कार्यक्रममा बोल्दै गौतमले सकलकहरुलाई काम गर्दा इमान्दारीता पुर्वक गर्न आग्रह गनुभयो, पाणिनी गाउँपालिकालाई खानेपानी स्वच्छता र सरसफाईको क्षेत्रमा छुटै गाउँपालिका बनाउने बताउदै उहाँले वास योजना निर्माण कार्यले स्थानिय तहको खानेपानी स्वच्छता सरसफाईको, विषयमा सबै जानकारी हुने हुदा वास योजना निर्माण कार्य राम्रो योजना रहेको बताउनुभयो ।
५ नम्बर प्रदेश भौतिक पुर्वाधार मन्त्रालय बुटवल र गाउँपालिकाको सम्झौता अनुसार वास योजना निर्माणका लागी तथ्याक संकलनसम्वन्धि गणकहरुको एम वाटर मोबाईल एप्लिकेशन मार्फत डाटा सकलन सम्वन्धि ३ दिने तालिम पालिकाले दिएको हो ।गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत मधुकृष्ण पौडेलले प्रदेश ले बनाएको वास खाका एकदमै राम्रो भएको हुनाले सबैले यस्सलाई लागु गर्नुपर्नेमा जोडदिनुभयो। पाणिनी गाउँपालिकाले सरसफाई र खानेपानीमा फरक काम गदै आएकोले अब पनि राम्रो काम गर्ने हुनाले अहिले गर्न लागेको वास योजना निर्माण कार्यले पालिकाको थप प्रगति हुने पनि बताउनु भयो । तथ्याक सकलक गणक हरुलाई काम गर्दा कुनै समस्या भएमा पालिकामा सम्पर्क राखी सहयोग लिई जानुपर्ने र पालिकाले पुर्ण सहयोग गर्ने हुनाले नआतिएर सही काम गर्न आग्रह गर्नभयो साथै तालिमले व्यहवारिक ज्ञान दिई सुचना सकलनमा सघाउ पुय्राउने पनि बताउनुभयो।
गाउँपालिकाको उपाध्यक्ष लक्ष्मी गौतमले काम गर्दा गाउँपालीकाले हाम्रा लाई भन्दा राम्रा लाई जोड दिएर काम गर्न लगाएमा मात्र सफल हुने हुदा तालिमले थप शिप प्रदान गरेको हुनाले सिकेको सिप लाई व्यवहारमा लागु गर्न सके आत्मनिर्भर बन्न सकिले बताउनु भयो। सँयोजक दिपक भट्ठराईले वास योजना निर्माण कार्य निकै चुनैति पुर्ण काम भएकाले सबैको सहयोग चाहिने बताउनुभयो । तालिममा पालिका भित्रका खानेपानी योजना , सरसफाई अवस्था र सार्वजनिक सघँ सस्था को विवरण कसरी लिने र मोबाईलमा डाटा कसरी भर्ने भन्ने सिकाईएको थियो। तालिम पाणिनी गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत मघुकृष्ण पौडेल, आ।टी अफिसर इन्जिनियर शकर पौडेल, स्वाथ्य सँयोजक शेषकान्त घिमिरे तथा वास योजना निर्माणका पाणिनी सँयोजक दिपक भट्ठराईले सहजिकरण गर्नुभएको थियो । तालिममा गाउँपालिकाका ८ वडा का १६ जना तथ्याक सकलक गणक को सहभागिता थियो ।

अन्य समाचारहरु