यस हाम्रो संचार संस्था अर्घाखाँची डटकम अनलाईन संस्करणमा बिभिन्न क्षेत्र बाट प्राप्त समाचारहरु मध्ये प्राप्त सामाचारको सत्य तथ्य बुझि मात्र प्रसारण गर्ने गरीएकोमा धुर्व आचार्य बाट प्राप्त समाचार प्रकाशित गर्दा उपलब्ध गराईएको सामाग्री सत्य तथ्य दुबै पक्षबाट बुझ्नेक्रममा रहेकै अबस्थामा भुलवस जस्ताको तस्तै प्रसारण भएकोमा यस बाट संस्था तथा सम्बध्द पक्षमा पर्न गएको असर प्रति क्षमा याचना गर्दै उक्त प्रकाशित समाचार सत्य तथ्यमा आधारित नभएको जानकारी हाम्रा पाठक वर्गमा गराउदछौ ।
सत्य तथ्य बुझ्नेक्रममा संस्थाले कुनै पनि त्यसमा उल्लेख गरे अनु्सारको गर्ने नगरेको बरु गरीव तथा निमुखा शेयर सदस्यको सहयात्रि भुमिका खेलेको संस्था संग सम्बध्द जानकार शेयर सदस्यहरुले बताउने गरेको पाईयो ।
पिडक भनिएका आचार्यका बारेमा सत्य तथ्य बुझ्नका लागि संस्थाले संस्थाका स्थानिय जन प्रतिनिधिको रोहवरमा लेखा सुपरिवेक्षण समिति,संचालक समिति तथा बिभिन्न उप समिति, कार्यक्षेत्र भित्रका बोद्यिक समाजसेवी ब्यक्तित्वहरु,शेयर सदस्यहरुको उपस्थीती रहेको भेला आयोजना गरेको र भेलामा आचार्य लाई आफ्ना गुनासा राख्नका लागि पटक÷पटक बोलाउदा समेत उपस्थीत नभएकोले उक्त भेला बाट दुधको दुध पानिको पानि गराई यथार्थ प्रतिबेदन ल्याउनका लागि जन प्रतिनिधिको संयोजकत्वमा गठित ५ सदस्यीय कार्यदल गठन गरेको संस्थामा रहेको उक्त दिनको बैठक पुस्तीकामा देखिन्छ ।
उक्त समितिको प्रतिबेदन अनुसार निज लाई संस्थाले ०७३÷०५÷१३ गतेका दिन ऋण लगानी गरे पश्यात उक्त अबधिको वार्षिक खातावन्दी अर्थात ०७४ आषाढ मसान्त सम्म मात्र ब्याज भुक्तानि गरेको तत् पश्यात हाल सम्म सावा तथा ब्याज भुक्तानि गरेको देखिदैन साथै लगेको सम्पुर्ण सावा रकमले भाका नाघेको समेत प्रतिबेदनमा उल्लेख गरीएको छ । बढि सावा उल्लेख गरीएको पिडक भनिएकाको आरोप माथि संस्थामा जिज्ञासा राख्दा उक्त आरोपको खण्डन गर्दै संस्थामा लामो समय देखि हाल सम्म सावा र ब्याज नबुझाउने सदस्यले कहा कसरी बढि रकम बुझाए भनि प्रति पश्न संस्थाका कर्मचारी गर्ने गर्दछन् भने ऋण नतिर्ने मनसायले कपो कल्पीत आरोपमा लागेको र अन्य सदस्यले आफ्नो कारोबार गर्दा उक्त कारोबार वापत उपलब्ध गराएको नगदी रसिद छोपेको फोटा र उक्त रसिद पोष्ट गर्नुले के अर्थ राख्ने गर्दछ भनि यस पंतिकार लाई पश्न गर्ने गर्दछन् ।
स्मरण रहोस नाम नछाप्ने सर्तमा उनले यस क्षेत्रमा संचालित एक स्थानिय जन सहयोग वचत तथा ऋण सहकारी संस्था लि. मा समेत ऋण लगे देखि हाल सम्म सावा ब्याज नबुझाएको ,केवल संचालनका नाममा बिभिन्न उपभोक्ता बाट रु.१० देखि १५ हजार सम्म उठाई मासिक शुल्क नतिर्ने सर्तमा लाखौ रुपीया अशुल गरी हाल केवल संचालन पनि नगरेको र उठाएको रकम ठगि हाल सम्म फिर्ता समेत गरेका छैनन् भने हालै मात्र एक बित्तिय संस्था बाट कारोबार गरी उक्त रकमको मासिक किस्ता बुझाउन पर्दछ भनि अन्य सदस्य लाई समेत कारोबार गर्न बाट वंचित गरी फरार भएको उक्त समुहकी सदस्य बताउछिन् र बताउने गरेका छन् ।