खनदहको खनार खजुरखोला लिफ्ट खानेपानीको शिलान्यास कार्यक्रम सम्पन्न (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता
खनदह, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड न ३ खनदहको खनार खजुरखोला लिफ्ट खानेपानीको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।
खनदहको खनार खजुरखोला लिफ्ट खानेपानीको शिलान्यास प्रतिनिधि सभाका सदस्यीय तथा पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले गर्नु भएको थियो ।  
सो अवसरमा रायमाझीले मालारानी गाउँपालिकामा बिकासले छल्याङ मार्न लागेको बताउनु भएको छ । रायमाझीले मालारानीका जनताको घर-घरमा अब तिनै तहका सरकार मिलेर खानेपानीको धारा पुराउने बताउदै खानेपानी समस्या कसैलाई नहुने एक घर एक धारो अनिवार्य रुपमा ब्यबस्थापन गरिने बताउनु भयो ।
कार्यक्रममा प्रदेश सासद चेतनारायण आचार्यले प्रदेश सरकारले अहिले अर्घाखाँचीका हरेक योजनामा बजेट केन्दित गरेको बताउदै जिल्लाको बिकासमा आफुहरुले निकै ठुलो भुमिका निर्वाहा गरेको बताउनु भयो । उहाले आफुले चुनाबमा गरेको प्रतिबद्धता पुर्ण रुपमा पालना गरेको बताउदै शिक्षा स्वास्थ्य खानेपानि जस्ता अति सम्बेदनसिल कुराहरुमा बजेट बढि बिनियोजन गरि काम अगाडि बढाएकोले बिकासमा सबै एकजुट भएर लाग्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा प्रदेश सासद निर्मला क्षेत्रीले आफुहरुका पहलमा अर्घाखाँचीमा ठुला-ठुला बिकास निर्माणका योजनाहरु अगाडि बढाएको बताउनु भयो ।उहाले बिकास ब्यक्तिले भन्दापनि जनताको करबाट उठेको पैसाले गरिने कारण गुणस्तरीयता ख्याल गर्न स्थानिय बासिन्दालाई आग्रह गर्नु भयो ।
कार्यक्रममा वार्ड अध्यक्ष सोभाखर खनालले मालारानी वार्ड नम्बर ३ लाई नमुना वार्डको रुपमा बिकास गर्ने बताउनु भयो । खनालले योजनाहरु तोकिएको समयमा सम्पन्न गर्नका लागि गाउँपालिकाले तदारुकता देखाउनु पर्ने बताउनु भयो ।

अन्य समाचारहरु