अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले अवैध रुपमा नदीजन्य पदार्थ (बालुवा, ढुंगा, गिटी) ढुवानी गर्ने ३ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।
जिल्लाको शितगंगा नगरपालिका वार्ड नं.८ जलुके ( दक्षिण खाँची) मा अवैध रुपमा नदीजन्य पदार्थ (बालुवा, ढुंगा, गिटी) ढुवानी गर्ने ३ वटा ट्याक्टरलाई प्रमुख जिल्ला अधिकारी विजयराज पाैडेल तथा तथा सुरक्षा निकायकाे टिमले नियन्त्रणमा लिएको हो ।
३ ट्याक्टरले अवैध रुपमा नदीजन्य पदार्थ लोड गरेको र नियमानुसारको कर छली ओसार पसार गर्दै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले बतायो ।
अवैध प्राकृतिक साधन नदीजन्य पदार्थ उत्खनन् ,ओसार पसार, दोहन भएकाे चर्चा भईरहदाँ प्रमुख जिल्ला अधिकारी विजयराज पाैडेलले आँफै फिल्डमा गई पक्राउ परेका ३ ट्याक्टरलाई आवश्यक कारबाही गरी प्रत्येकलाई २० हजार रुपैया जरीवाना गरिएको छ ।