हंसपुरमा मालारानी ६ वार्डका ३०४ जना विद्यार्थीहरुलाई प्रोत्साहन पोषाक वितरण कार्यक्रम सम्पन्न

सुर्य भुसाल 
हंसपुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ६ हंसपुरको आर्थिक बर्ष ०७६/०७७ को बिनियोजित बजेटबाट वार्ड न ६ मा रहेका सबै विद्यालयका कक्षा १ देखि ५ सम्मका ३०४ जना विद्यार्थीहरुलाई एक समारोहबीच प्रोत्साहन पोषाक वितरण गरिएको छ । 
शुक्रबार आयोजित एक कार्यक्रम बिच मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण शर्मा आचार्यले बिधार्थिहरुलाई पोषाक वितरण गर्नु भएको हो ।
कार्यक्रममा वार्ड अध्यक्ष नारायण प्रसाद अर्याल लगायतले शुभकामना मन्तब्य राख्दै बिधार्थीहरुलाई राम्रोसँग पढुन भन्ने उदेश्यले गाउँपालिकाले यस्ता खालका रचनात्मक काम गरेको बताईएको थियोे ।
कार्यक्रम सिद्धार्थ माबिका प्रअ राम बहादुर खड्काको अध्यक्षता शिक्षक इन्द्र रेग्मीको सन्चालन तथा राम प्रसाद खनालको स्वागत मन्तव्य राम बहादुर जिसीको मन्तब्यमा सम्पन्न भएको हो । 

अन्य समाचारहरु