युएई संवाददाता
अर्घाखाँची डटकम् / सारजाह । अर्घाखाँची सम्पर्क समिती युएईले क्षेत्रीय स्तरमा शाखाको भेला तथा साधारण सभालाई तीव्रता दिएको छ ।
यसैक्रममा फ़रवरी २८ शुक्रबार को दिन सम्पन्न अर्घाखाँची सम्पर्क समिति सारजाह क्षेत्रीय समितिको भेला ले वसन्त आचार्यको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।
नयाँ समितीको उपाध्यक्ष केशव पान्डे, सचिव कुल राना, सहसचिव राजु खनाल, कोषाध्यक्षमा जितबहादुर बि.क. लाई सर्वसम्मत चयन गरेको छ । यस्तै सदस्यहरुमा अनिल बि.क.,आशिन पान्डे,पुरन थापा, शिव नेपाली,कमल नेपाली , सुनिल पुन मगर, राजेन्द्र क्षेत्री, राजु केशी रहेका छन । समितिले निवर्तमान अध्यक्ष आयुस खड्का लाई क्षेत्रीय समिती संरक्षकमा मनोनयन गरेको छ ।
– तस्वीर/ वसन्त आचार्य