अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौं । अर्घाखाँची समाज जापानले अर्घाखाँची जिल्ला मालारानी गाउंपालिका वार्ड न ९ गोखुंङ्गाकी ब्लड क्यान्सर पिडित मिना पन्थीको उपचारको लागि आर्थिक सहयोग गरेको छ ।
अर्घाखाँची समाज जापानले मिना पन्थीको बचाउका लागि संकलित रकम एक लाख सत्तेरी हजार रुपैया आज शनिबार मिना पन्थी उपाचार्थ हस्पिटल काठमाडौंको बानेश्वरमा रहेको सिभिल हस्पिटलमा पुगेर हस्तान्तरण गरिएको हो ।
हस्तान्तरणमा अर्घाखाँची समाज जापानका सल्लाहकार दिपक थापा कान्छा, अभियान्ता केपी खनाल, अर्घाखाँचीका चर्चित समाजिक अभियान्ता तथा समाजसेवी सचिन पाण्डे, अर्जुन पोखेरेलको उपस्थितमा हस्तान्तरण गरिएको थियो ।
१८बर्षिय मिना चार महिना देखि उपचार्थ हुनुन्छ । बोनम्यारो टासप्लान गर्नु पर्ने भएपनि पारिवारिक स्थिति दयानिय भएकोले उपचारमा समस्या भईरहेको पिडितका बुबा बताउनुहुन्छ। बृद्ध बुबाले आफ्नी छोरी बचाईदिन सबै लाई अनुरोध समेत गर्नु भएको छ। हस्तान्तरण कार्यक्रममा बोल्दै अभियान्ता सचिन पाण्डेले सबै सहयोगी मनले स्वच्छ मनले ती पिडितलाई आफू सक्दो सहयोग गरिदिन र तमाम पिडित का साथमा आफू सधैं रहेको र सधैं पिडितका कहानी उठान गरि ओझेलमा परेका पिडितलाइ सक्दो सहयोग जुटाई बचाउने अर्घाखाँचीडट्कमलाई बताए।
साथै अर्घाखाँची समाज जापानका सल्लाहकार दिपक थापाले पिडित बैनीलाई अर्घाखाँची समाज जापान निरन्तर तपाईंको बचाउमा साथदिने भन्दै सान्त्वना समेत दिनु भएको छ ।
यस्तै अर्घाखाँची समाज जापानले विभिन्न ठाउँका पिडितहरुलाई अभियान्ता सचिन पाण्डेको हातबाट सहयोग गर्दै आईरहेको छ। यसरी निरन्तर दुखिहरुलाई सहयोग गर्दै आईरहनु भएका तमाम सहयोगी मनहरुलाइ पाण्डेले धन्यवाद सहित आउदा दिनमा पनि अर्घाखाँची समाज जापानको साथ अपरिहार्य रहेको बताएका छन्।