अर्घाखाँचीमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले स्वस्थ्य परीक्षणमा १०% बीमितलाई छुट दिने

सागर महत
सन्धिखर्क, अर्घाखाँची  । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी अर्घाखाँचीले स्वस्थ्य परीक्षणमा १०% बीमितलाई छुट दिने भएको छ । 
एजेन्सी पुनर्ताजगी तथा अन्तरक्रिया कार्यक्रमको अवसरमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अर्घाखाँची शाखाले सन्धिखर्कमा रहेको छाया पोलिक्लिनीकसंग भिडियो एक्सरे मुटुको इसीजी रगत परीक्षण लगायतका परीक्षणमा १०% बीमितलाई छुट दिने सम्झैता पोलिक्लिनीकका व्यवस्थापक तथा डाक्टर दल बहादुर केसीसंग ज्योति लाईफका ५ नम्बर प्रदेश प्रमुख चरणदास तिमिल्सिना र अर्घाखाँची शाखा प्रमुख कृष्ण खनालले सो सम्झैता गरी बीमित लाइ यसमा ढुक्क हुन आग्रह गरेका छन ।
यसमा बीमितले ५ लाख भन्दा माथी पोलीसी लिएका बीमित यसमा समावेश हुन पाउने बताएको छ ।
यस्तै ज्योति लाइफ इन्स्योरेन्स ५नम्बर प्रदेश प्रमुख चरणदास तिमिल्सिना नेपालकै पहिलो र सर्वा्धिक घातक रोगहरु विरुद्ध आर्थिक सुरक्षा दिने कम्पनी बनेको बताएका छन भने कम्पनीले ३५ घातक रोग विरुद्ध उपचारको लागि ५० लाख रुपैयाँ सम्मको आर्थिक जोखिम सुरक्षा प्रदान गर्ने योजना सार्वजनिक गरे सँगै नेपालकै पहिलो र सर्वा्धिक घातक रोगहरु विरुद्ध आर्थिक सुरक्षा दिने कम्पनी रहेको जानकारी गराएका थिए ।

अन्य समाचारहरु