अशोक खनाल/श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा जिल्ला अदालतकाे नबनिर्मित भवनकाे एक कार्यक्रमका बिच समुदघाटन भएको छ ।
जिल्ला अदालत सन्धिखर्कको सुविधा सम्पन्न नवनिर्मित तीन तले भवनको आईतबार उद्घाटन गर्दे सर्बाेच्च अदालतका बरिष्ठ न्यायाधीस हरिकृष्ण कार्कीले अदालतको काम फैसला गर्ने मात्र नभएको बताएका छन । फैसला गरेर एक पक्षको जित र अर्को पक्षको हार हुने भएको भन्दै कार्कीले मानिसलाई झगडा बढाउने भन्दा पनि मेलमिलापकर्ताबाट मुद्दाको मिलाप गराउन अदालत लागि परेको बताएका हुन ।
अदालतमा आउने विवादहरु राजनितिक र व्यक्तिगत प्रकृतिका हुने भएको बताउदै कार्कीले अदालतमा आउने सेबाग्राहीलाई गरीने व्यवहारले न्यायको पहीलो अनुभुति दिलाउने बताए । कार्कीले अदालतको भौतिक परीवर्तन संगै बैचारकि परीवर्तन हुनुपर्नेमा जोड दिए । उनले न्याय लिन आउने सेवाग्राहीलाई हित हुने गरीे अपांगमैत्री तथा स्तनपान कक्ष समेत रहने गरी भवन निर्माण गरेको बताए ।

आइतबार आयोजित समुद्धघाटन समारोहमा प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे , जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा , सर्बोच्च अदालत का रजिस्ट्रार नारायण पन्थी , उच्च अदालत तुल्सिपुर , बुटवल इजलासको मुख्य भइ काम गर्ने माननीय न्यायाधीश बाबुराम रेग्मी , भुमिकास्थान नगरपालिका का प्रमुख रेशम थापा, जिल्ला समन्वय समिति का उप प्रमुख ऋषि बहादुर पुलामी ,मालारानी गाउँपालिका कि उपाध्यक्ष प्रमिला क्षेत्री , उच्च अदालत तुल्सिपुर का रजिस्ट्रार राम प्रसाद भट्टराई , प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल , जिल्ला न्यायाधीश बासुदेब न्यौपाने , छिमेकी जिल्ला रोल्पाका न्यायाधीश अशोक क्षेत्री , पाल्पा का न्यायाधीश खड्क बहादुर केसी , प्युठानका न्यायाधीश बिष्णु प्रसाद गौतम लगायतको उपस्थिति रहेको थियोे ।
चार करोड आठ लाखको लागतमा निर्माण भएको सुबिधा सम्पन्न तीन तले भवनमा वैतनिक वकिलकक्ष, स्तनपान कक्ष, काउन्टर सहितको मुद्दा शाखा, मेलमिलाप केन्द्र, बाल इजलास, बालमैत्री कक्ष लगायतका कक्षहरु रहेका छन् । द्धन्द्ध कालमा माओवादी आक्रमणमा परी अदालत रहेको भवन क्षती भएको थियो ।
करीब ४ बर्ष अघि निमार्ण थालिएको यस भवन द्वन्द्वको क्रममा क्षतिग्रस्त भएको थियो । शान्ति सम्झौता पश्च्यात शान्ति तथा पुनर्निर्माण मन्त्रालयले यस भवन निमार्णका लागि ४ करोड ५८ लाख ७१ हजार २०२ रुपैया ६५ पैसा उपलब्ध गराएको थियो । अपांग मैत्री यस भवनको फर्निसिङ अदालतको आफनै बिनियोजित बजेटबाट गरिएको हो ।
तीन तल्लामा निर्मित भवनको भुइ तल्ला ५४५.६९ बर्ग मिटर र प्रहिलो र दोस्रो तल्ला ५२०.५५ बर्गमिटर मा फैलिएको छ । भवनको दोस्रो तल्लामा सोधपुछ र सहायता कक्ष ,बिपन्न र असाय पक्षलाई कानुनी परामर्श दिन पुर्णकालिन् बैतनिक वकिल बस्ने बैतनिक वकिल कक्ष, थुनुवा कक्ष,श्रेस्तेदार कक्ष, फिराद दर्ता शाखा, काउण्टर सहितको मुद्दा शाखा र फैसला कार्यनयन गर्ने तहसिल शाखा रहेका छन ।
सोही तलामा अदालतमा दर्ता भएका विवाद मेलमिलापको माध्यमबाट समस्या समाधान गर्न मेलमिलाप केन्द्र समेत रहेको छ । भवनको प्रहिलो तल्लामा कानुनको विवादमा परेका बालबालिकाको विवाद हेर्ने छुट्टै बाल इजलास र बाल मैत्री कक्ष छ । साथै महिला सेवा ग्राहिको सुबिधाका लागि स्तनपान कक्ष र मुद्दा सुनुवाइ इजलास समेत रहेको छ ।