अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ६ जुकेनाको दाङसिङ आपकोरुखको प्रतीक्षालय निर्माण कार्य सम्पन्न भएको छ ।
दाङसिङको आपकोरुखमा प्रतीक्षालय निर्माण भएपछि बस कुर्ने यात्रुहरु खुशी भएका छन् ।
शितगंगा नगरपालिका वार्ड नम्बर ६ जुकेनाको आर्थिक वर्ष २०७६ – २०७७ को विनियोजित योजना मार्फत १ लाख रुपैयामा प्रतीक्षालय निर्माण कार्य सम्पन्न भएको हो ।
आपकोरुखको प्रतीक्षालय निर्माणका लागि २० दिन समय लागेको थियो ।