अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ डिभर्नामा मुखिया समुदाय चेतनामुलक क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ डिभर्नाको आयोजनामा मुखिया समुदाय चेतनामुलक क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिकले उद्घाटन गर्दै कुमाल समुदाय लगायत आदिवासी जनजातीको क्षमता अभिवृद्धीका लागी नगरपालिकाले भरपुर प्रयास गरिरहेको बताए । तल्लो वर्गलाई माथी उठाउन र उनीहरुको उत्थानका लागि नगरपालिका लागि रहेको उनको भनाई छ ।
कार्यक्रममा वडा अध्यक्ष नारायण खड्काले वडा मार्फत हुन सक्ने र गर्न सक्ने सबै कुराहरु गरिरहेको बताए । कुमाल समुदायको व्यक्तित्व विकासका लागी कार्यक्रम आयोजना गरिएकाले भरपुर कुरा सिकेर जिवनमा लागु गर्न उनले आग्रह गरे । सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जिवन ज्ञवाली र अधिवक्ता टिकाराम भुसालले उनीहरुलाई प्रशिक्षण दिएका छन् ।