अर्घाखाँची राष्ट्रसेवक समाजले फाल्गुन २४ गते काठमाडौंमा गर्ने भनेको पिकनिक तथा सम्मान कार्यक्रम स्थगित

अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौं । अर्घाखाँची राष्ट्रसेवक समाजले काठमाडौंमा गर्ने पिकनिक तथा सम्मान कार्यक्रम कोरोनाभाइरसको संवेदनशिलतालाई मध्यनजर गर्दै स्थगित भएको छ । 
अर्घाखाँची राष्ट्रसेवक समाजले यही फाल्गुन २४ गते काठमाडौं उपत्यकाको टाैदहमा आयोजना गर्ने भएको भएको थियो । समाजले सो दिन सबै क्षेत्र र तहका कर्मचारीहरूलाई सहभागी हुन तथा सम्पर्क गर्न अनुराेध समेत गरेको थियो । 
सूचना यस्तो छ : 
अर्घाखाँची राष्ट्रसेवक समाजका अध्यक्ष तथा शहरी बिकास मन्त्रालयका सचिब श्रीमान मधुसुदन अधिकारीज्यूकाे अध्यक्षतामा बसेकाे बैठकले यस समाजकाे साधारण सभा तथा फेमेली पिकनिक यहि फाल्गुन २४ गते आयोजना गर्ने भनिएकोमा देशमा तथा अन्तराष्ट्रिय परिस्थितीका कारण हाललाई स्थगित गरि पछि कुनै उपयूक्त समयमा गर्ने निर्णय भएकोले सबै सदस्य महानुभावमा जानकारीको लागि अनुरोध छ । साथै यस समय भरि स‌ँस्थाकाे सदस्यता बृद्धि गर्न कार्यकारीणी सदस्य तथा आफ्नाे क्लष्टरका प्रतिनिधिस‍ँ‌ग सम्पर्क राखी नाम दर्ता गराउनुहुन अनुराेध छ । आफ्ना निकटका सदस्यहरूलाई समेत जानकारी दिनुहुन अनुराेध छ ।
आजको उपस्थिति
1.मधुसुदन अधिकारी -अध्यक्ष
2.बिष्णुराज बेल्वासे -सचिब, online
3.कल्पना श्रेष्ठ -काेषाध्यक्ष, online
4. अशाेक क्षेत्री -सहसचिब, online
5. कैलाश के.सी.
6. किशाेर पन्थी
7. नारायण खत्री
8. वाई पी आचार्य
9. तेज सुनार
10. अर्जुन पाैडेल-online
11. सुशील खनाल-online
12. प्रकाश आचार्य
सदस्यता बन्नका लागि सम्पर्क गर्नुपर्ने क्लष्टरका प्रतिनिधि,
कार्य समितिका पदाधिकारी लगायत निम्न सदस्य
1. काशीनाथ मरासिनी- सदस्य :सेवानिबृत्त मध्ये
2. डा. मुकुन्द क्षेत्री- सदस्य :विश्वविद्यालय प्राध्यापन
3. डा. सुराेज टण्डन- सदस्य : बैकिगँ
4. मुक्तीराम आचार्य- सदस्य : राजस्व
5. कैलाश के.सी.- सदस्य : न्याय
6. बसन्त कुँवर- सदस्य : सुरक्षा निकाय
7. काशिनाथ पाैडेल- सदस्य : सस्थान/प्राधिकरण
8. नारायण खत्री- सदस्य : प्रशासन सेवा
9. वाई पी आचार्य- सदस्य : शिक्षा सेवा
10. कमल आचार्य- सदस्य : कृषिबन सेवा
11. तेज सुनार- सदस्य : सरास‌/कुटनितिक निकाय
12. अर्जुन पाैडेल- सदस्य : स्वास्थ्य सेवा
13. सुशील खनाल- सदस्य : सामुदायीक बिध्यालय
14. सुदन पाेखरेल- सदस्य : लेखा/महालेखा
15. किशाेर पन्थी- सदस्य : इन्जिनियरिगँ

अन्य समाचारहरु