धातिवाङ्गको पधेरा देखि दहकाचाैरसम्मकाे माेटरबाटाे उद्घाटन (तस्बिर सहित)

(प्रकासित मिती: २०७६ फाल्गुन २१, बुधवार)

गोबिन्द पौडेल
धातिवाङ्ग, अर्घाखाँची (अर्घाखाँचीडट्कम संवाददाता) । अर्घाखाँची जिल्लाकाे पाणिनी गाउँपालिका वार्ड नं. ६ धातिवाङ्गको पधेरा देखि दहकाचाैरसम्मकाे माेटरबाटाे बुधवार एक कार्यक्रका बीच उद्घाटन भएको छ ।
पधेरा देखि दहकाचाैरसम्मकाे माेटरबाटाेको पाणिनी गाउँपालिका वार्ड नं. ६ का वार्ड सदस्य पुनाराम पाैडेलले रिवन काटेर उद्घाटन गर्नुभएको थियो ।    
पहिलो पटक मोटरबाटो उद्घाटनका लागी पुगेका बस र जीपका चालकहरुलाई भव्य स्वागत गरिएको थियो ।
आर्थिक वर्ष २०७६-७७ मा विनियोजित रकम  ३ लाख  ५० हजार रुपैयामा निर्माण सम्पन्न गरिएको मोटरबाटो उपभोक्ता समिति अध्यक्ष ठाकुर पाैडेलले डट्कमलाई बताउनु भयो ।   
तस्बिर: गोबिन्द पौडेल , अर्घाखाँचीडट्कम 

अन्य समाचारहरु