डिभर्नामा दलित तथा विपन्न परिवार चेतनामुलक क्षमता अभिवृद्धि मुलक कार्यक्रम सम्पन्न

लक्ष्मण घिमिरे 
डिभर्ना, अर्घाखाँची (अर्घाखाँचीडट्कम)। अर्घाखाँची जिल्लाकाे सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ को डिभर्नामा दलित तथा विपन्न परिवार चेतनामुलक क्षमता अभिवृद्धि मुलक कार्यक्रम सम्पन्न भएको छ ।
सन्धिखर्कको डिभर्नामा दलित समुदायलाई लक्षित गरी क्षमता अभिवृद्धी कार्यक्रम आयोजना गरिएको हो । सन्धिखर्क नगरपालिका वडा नम्बर–१२ को वडा कार्यालयले आयोजना गरेको ‘दलित तथा विपन्न परिवार चेतनामुलक क्षमता अभिवृद्धी’ कार्यक्रममा वडा भित्रका एकसय भन्दा बढी दलित परिवारको उपस्थिती रहेको छ । दलित समुदायको क्षमता विकाससंगै कानुनी कुराहरुको ज्ञान दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।  
कार्यक्रमको उद्घाटन गर्दै सन्धिखर्क नगरप्रमुख कमल प्रसाद भुसालले जातिय छुवाछुत अपराध भएकाले छुवाछुत गर्ने र गराउन प्रेरित गर्ने कसैलाई छुट नभएको बताउनु भयो । कानुन पर्याप्त भएपनी व्यवहार परिवर्तन हुन नसकेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । ‘नेपालमा छुवाछुत सम्बन्धी दर्जनौं कानुन बनेका छन्, उहाँले भन्नुभयो,‘हामी आफै सुध्रिनुपर्ने आवश्यक्ता छ ।’ आफुले पार्टीका नाममा होस् या छुवाछुतका नाममा कँहीकतै कसैलाई पनी काखा र पाखा नगराएको भन्दै नगरप्रमुख भुसालले आफ्नो दृष्टीमा सबै समान रहेको बताउनु भयो । कार्यक्रममा वडा अध्यक्ष नारायण खड्काले आफुले वडा भित्रका दुईतिहाई दलित परिवारकोमा खाना खाईसकेको बताउनु भयो । महिला र पुरुष बाहेकका कुनै जाती विशेषलाई नमान्ने पनी उहाँको भनाई छ । आफु नेतृत्वतहमा पुगे दलित भन्ने शब्दनै शब्दकोषबाट हटाईदिने उहाँले बताउनु भयो ।
कार्यक्रममा सन्धिखर्कका प्रमुख प्रशाशकिय अधिकृत जिवन ज्ञवाली र प्रमुख प्रशिक्षार्थी दलित अभियान्ता राधा नेपालीले दलितका हकअधिकार, कानुन, सेवा लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा समाजसेवी राम बहादुर बिक, किमडाँडा स्वास्थ्यचौकी ईन्चार्ज प्रकाश परियार, डिभर्ना आयुर्वेद औषधालयका प्रमुख तिलकजंग जनैदार, वडा सदस्य बाबुराम बस्याल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम वडा अध्यक्ष नारायण खड्काको अध्यक्षता, कार्यपालीका सदस्य हिमकला टोंटाको स्वागत मन्तव्य र वडा सचिव अनन्तमणि पोख्रेलको सञ्चालनमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु