सन्धिखर्क – सालझन्डी ढोरपाटन सडक बिस्तारमा कसैको पनि पुर्ण रुपमा क्षति नभएको योजना प्रमुखको भनाई
फाल्गुन २३ गते, २०७६ मा प्रकाशित
सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । राष्ट्रिय गौरभको योजना सालझन्डी सन्धिखर्क योजना प्रमुख जयलाल मरासिनीले सडक बिस्तार गर्दा कसैको पनि पुर्ण रुपमा क्षति हुनेगरि सडक बिस्तार नभएको बताउनु भएको छ ।
मरासिनीले राष्ट्रिय गौरभको योजना सालझन्डी सन्धिखर्क ढोरपाटन सडकलाई सालझन्डी देखि सन्धिखर्कसम्म पिच गर्ने गरि आफुहरुले सबैको सहयोगमा फाईल प्रकिया अगाडि बढाएकोले आगामी बर्ष भित्र डेन्डर लगाउने गरि काम अगाडि बढेको बताउनु भयो ।
मरासिनिले सडक बिस्तार गर्दा कसैलाई ठुलो क्षति पुगेको भएपनि त्यसको सरकारी नियम अनुसार क्षतिपूर्ति दिने प्राबधान अनुसार कार्यालयले काम गरिरहेको दावी गर्नु भयो ।
मरासिनिले बिबादित सडकहरुलाई सुचारु गर्न आग्रह गर्दै हाल १२ मिटरको बजार क्षेत्रमा सडक निर्माण गर्ने बाताबरण बनाउन सरोकारवालाहरुलाई आग्रह गर्नु भयो । उहाले सालझन्डी देखि सन्धिखर्कसम्म बैकल्पिक सडकको रुपमा साना ठुला सबारी साधनहरु सन्चालन गर्नका लागि कुनै ठाउँमा बिग्रिएका सडक मर्मत सुधार गरिराखिएको दावी गर्नु भयो ।
त्यस्तै सडक योजनाका लेखा प्रमुख झबिन्द्र खनालले सडकको काम दुर्त गतिमा अगाडि बढेको बताउनु भयो । उहाले हालसम्म ठेक्का सम्झौता भएका र निर्माण सम्पन्न भएका योजनाहरुको झन्डै ४ करोड रुपैया यस आर्थिक बर्षमा भुक्तानी गरिएको बताउनु भयो । अन्य योजनाको भने काम चलिरहेको भुक्तानि दिन बाँकी रहेको बताउनु भयो ।
सो कार्यलयमा अहिले जनसक्तिको समेत अभाब छ । थोरै जनसक्तिको बाबाजुद पनि कार्यलयले गुणस्तरीय काम गराउन सफल भएको भन्दै सार्बजनिक समारोहमा कार्यलय प्रमुख सहितका कर्मचारीहरुको निनै प्रसम्सा हुने गरेको छ ।