धनचौरको सिस्नेघारीमा चितुवाको उद्वार (भिडियो, तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता
धनचौर, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर -१० धनचौरको सिस्नेघारीमा चितुवाको उद्वार गरिएको छ ।
धनचौरको सिस्नेघारीमा डिभिजन बन कार्यालय अर्घाखाँची, जिल्ला प्रहरी कार्यालय र समाजसेवी युवा प्रेम खड्काको संयुक्त प्रयासमा तारमा पुच्छरमा अडिएको पोथी चितुवालाई उद्वार गरिएको हो ।
तारमा पुच्छरमा अडिएको चितुवालाई देखेर धनचौरका स्थानियबासीले देखेर डिभिजन बन कार्यालय अर्घाखाँची, जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराएको थिए । अन्दाजी ६ फिट, ७० केजीको पोथी चितुवालाई उद्वार गरी डिभिजन बन कार्यालय अर्घाखाँचीमा राखिएको छ ।
 
उता डिभिजन बन कार्यालय अर्घाखाँची, जिल्ला प्रहरी कार्यालयलाई उद्वारमा विशेष सहयोग गरेको भन्दै प्रेम खड्कालाई सम्मान गरिएको थियो । खड्कालाई प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल र डिभिजन बन प्रमुख शिव शर्माले दोसल्ला, अबिर, खादा ओढाएर सम्मान गर्नुभएको थियो । प्रेम खड्काले यो पटक सहित ८ वटा चितुवा समातेर उद्दार गर्न सफल भएका छन् ।

अन्य समाचारहरु