सागर महत
सन्धिखर्क । जिल्ला स्वस्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा कोरोना भाइरस सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसालको प्रमुख आतिथ्यता भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विजयराज पौडे्ल सन्धिखर्क नगरपालिका उपप्रमुख ठाकुर कुमार विक, स्वस्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख कपिल गौतम,नेकपाका तिलक मिश्र,नेपाली काग्रेसका बिष्णु भुसाल संचार क्रमी लगायको सहभागीता रहेको थियो ।
कार्यक्रमा डाक्टर सन्तोष न्यौपानेले प्रशिक्षण दिनुभएको थियो । कोरोनाबाट बच्ने उपायका बारेमा व्यापक छलफल गरिएको थियो । फेसबुक लगायतका समाजिक संजालमा आएका हल्लाको पछी नलाग्न डाक्टरहरुको सुझाव थियो । कोरोना नेपालमा नदेखिएकाले आत्तीनु नपर्ने डाक्टर सन्तोष न्यौपानेले बताउनु भयो ।
सफाई राखे र सजगता अपनाए यसबाट बच्न सकिने उहाँको भनाई छ । कार्यक्रम स्वस्थ्य कार्यालय अर्घाखाँचीकी प्रमुख पुष्पा थापाको अध्यक्षतामा सम्पन्न भएको हो । यसैबिच कोरोना भाइरसको संक्रमण फैलन नदिन अर्घाखाँचीमा पनि उच्च सर्तकता अपनाउने निर्णय भएको छ ।जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा बसेको सरोकारवालाहरुको बैठकले कोरोनाको संक्रमण फैलन नदिनका लागि संभब हुने सबै उपाय अवलम्बन गर्दै उच्च सर्तकता अपनाउने निर्णय गरेको हो ।

बैठकले संक्रमण फैलन नदिन जनचेतना जगाउने, धेरै मानिस जम्मा हुने खालका सभा, समारोह, मेला तथा महोत्सवहरु आयोजना नगर्न आग्रह गर्ने निर्णय गरेको छ ।जिल्ला प्रशासन कार्यालयले विज्ञप्ती जारी गर्दैं सचेत हुन सबैलाई आग्रह गरेको हो । यस्तै नेपाल प्रेस युनियन अर्घाखाँचीले पनी विज्ञप्ती जारी गर्दै सचेत रहन सबैलाई आग्रह गरेको छ । अध्यक्ष विरेन्द्र केसीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भेला, सभा, समारोह, भ्रमण नगर्न सचेत गराईएको छ । नेपाली कांग्रेसका सभापती बिष्णु मुस्कानले पनी फेसबुकमा सुचना जारी गर्दै विश्वभर कोरोना भाईरसको संक्रमणले त्रास फैलिरहेका बेला सचेत रहन सबैमा आग्रह गर्नुभएको छ ।यस्तै अर्घाखाँचीका ६ वटै स्थानिय तहहरुले छुट्टाछुट्टै विज्ञप्ती निकालेर सबै नागरिकहरुलाई सचेत रहन आग्रह गरेका छन् । कोभिड–१९ नामक भाईरसका कारण लाग्ने यो रोगबाट सफासुघ्घर रहे र सचेतना अपनाए बच्न सकिन्छ ।