अर्घाखाँचीमा यो वर्ष राजनीतिक दलका महिला संगठनहरुले महिला दिवस नमनाउने

Image result for अर्घाखाँची महिला दिवस arghakhanchi.com


शोभाखर पन्थी 
फागुन २४ अर्घाखाँची – अर्घाखाँची जिल्लामा कृयासिल राजनीतिक दल निकटका महिला संगठनहरुले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सम्बन्धि संपूर्ण औपचारिक कार्यक्रम स्थगित गर्ने निर्णय गरेका छन् । 
कोरोना भाईरस संक्रमणका कारण विश्व आतंकित भएको र नेपाल  सरकारले पनि मानिस जमघट हुने कुनै पनि औपचारीक कार्यक्रम नगर्न आग्रह गरेको ले ११० औ अन्तर्राष्ट्रिय महिला दिवस सम्बन्धि संपूर्ण औपचारीक कार्यक्रम नगर्ने निर्णय गरेको हो ।
राजनितीदल निकट मुल समारोह आयोजक समितिका संयोजक कमला भण्डारी भुसाल  र सहसंयोजक शान्ता भण्डारी द्वारा जारी वक्तव्यमा संपूर्ण औपचारीक कार्यक्रम स्थगित गरिएको जनाएको छ । 
साथै बक्तव्यमा महिला हकहित र अधिकारको निम्ति सदैव संघर्षरत रहने बताउँदै राज्यका हरेक निकायमा जनसंख्याको आधारमा महिला सहभागीताको सुनिश्चितता गर्नुपर्ने बताईएको छ । साथै महिला नेतृत्वहरु द्वारा जारी बक्तव्यमा लैङ्गिक विभेद,सामाजिक कुसंस्कार र सामन्तवादी सोंच बाट माथि उठ्न समेत आग्रह  गरिएको  छ ।

अन्य समाचारहरु