शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची फाल्गुन /२५ । नेपाल कम्युनिस्ट पार्टी नेकपा निकट पुस्तकालय तथा अभिलेख जिल्ला बिभागको बैठक सन्धिखर्कमा सम्पन्न भएको छ ।
कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला कार्यालय सदस्य पिताम्बर भुसालले नेपाल कम्युनिस्ट पार्टी नेकपा नेतृत्वको वर्तमान सरकारले बिकास र समृद्धिको अभियान सफल पार्ने बताउनुभयो । उहाँले सरकारले गरेको राम्रो काम बाट प्रतिकृया वादी शक्ति अत्तालिएर जनतामा भ्रम सिर्जना गरेको आरोप लगाउनु भयो ।
अर्का कार्यालय सदस्य राजेन्द्र भुसालले पार्टीको निति , सिद्धान्त अनुकुल व्यवहार गरेर जनताको सेवामा जुट्न आग्रह गर्नुभयो ।
पुस्तकालय तथा अभिलेख बिभागका प्रमुख माधव खनालको अध्यक्षता र उपप्रमुख लक्ष्मण नेपालीको संचालनमा सम्पन्न कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला सदस्य पदम क्षेत्री ,भेषबहादुर के.सी.,नारायण अर्याल ,युवानेता बलबहादुर रायमाझी ,उद्योग बाणिज्य संघका जिल्ला सदस्य शन्तोष बस्नेत , समाजसेवी देबेन्द्र के.सी. प्रेस संगठन नेपालका केन्द्रीय सदस्य शोभाखर पन्थी लगायतका बक्ताहरुले मन्तव्य राख्नुभएको थियो ।