रुद्रमणि भुसाल
सन्धिखर्क, अर्घाखाँची । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अर्घाखाँचीको आयोजनामा तरकारीको बजार प्रद्धनसम्बन्धि एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पिताम्बर भुसालले कृषकहरुले उत्पादन गरेको तरकाली लागि उचित बजार प्रबद्धन लागि स्थानियतहहरु अझै चनाखो भएर लाग्न आग्रह गनु भएको छ ।
त्यस्तै कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले सन्धिखर्कमा रहेका हार्डबजारलाई अझै ब्यवस्थित बनाएर लैजानका लागि बिशेष योजान बनाउन लागेको बताउनु भयो । कार्यक्रममा मालारानी गाउँपालिकी उपाध्यक्ष प्रमिला क्षेत्री ,कृषि ज्ञान केन्द्रका प्रमुख देबेश बिश्र , उदोग बाणिज्य संघका अर्घाखाँचीका अध्यक्ष युबराज श्रेष्ठ , चेम्बरअफ कम्सका अध्यक्ष अशोक कुमार श्रेष्ठ , कृषि बिकास बैकका प्रमुख चिरञ्जीबी अधिकारी ,पत्रकार महासंघका जिल्ला अध्यक्ष हिम बहादुर जिसी , लगायतले मनतब्य राख्नु भएको थियो ।
कार्यक्रममा प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना तरकारी जोनका प्रमुख बुद्धि भटराई, र थिरलाल गैरेले अर्घाखाँचीमा तरकारी उत्पादन र बजार ब्यवस्थानको बारेमा प्रशिक्षण दिनु भएको थियो । कार्यक्रम रामबहादुर रायमाझीको अध्यक्षता ,बिष्णु भुसालको स्वागत मनतब्य र बिश्वास पोख्ररेलको संचालनमा सम्पन्न भएको हो ।