ठाडाका ब्रेन टयुमर पीडित लिलामणी खनाललाई आर्थिक सहयोग प्रदान

अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा ३ ठाडाका ब्रेन टयुमर पीडित लिलामणी खनाललाई आर्थिक सहयोग प्रदान गरिएको छ । 
खनालको उपचारलाई सघाउन शीतगंगा समाजले संकलन गरेको रकम ठाडामा एक कार्यक्रमका बीच खनाललाई प्रदान गरिएको हो । लीलामणी बचाउन अभियानका अभियानकर्मीबाट संकलित ३ लाख ३३ हजार रकम शीतगंगा नगरप्रमुख सुर्यप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा प्रदान गरिएको थियो ।
भरतपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका शीतगंगा नगरपालिका–३ का ४८ वर्षीय खनालको लागि आर्थिक संकलन गर्ने प्रमुख अभियान्ता राधा अधिकारी, शालिकराम अधिकारी,पुष्कर भण्डारी, शान्ता भण्डारी, साउदी संयोजक शेषकान्त अधिकारी, कुबेत संयोजक विष्णु थापा, दुवई संयोजक महेन्द्र क्षेत्री, मधु अधिकारी, चन्द्रबहादुर सारु, शीतगंगा समाज सेवाका अभियान्ता झनक केसी, राज अधिकारी लगायतले उक्त रकम संकलन गरेका थिए ।
संकलित रकम अभियान्ता राधा अधिकारी लगायतले पीडित लीलामणीलाई दिएका थिए । रकम हस्तान्तरणमा शीतगंगा नगर उपप्रमुख टीका रेश्मी, सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासे लगायतको उपस्थिति रहेको थियो ।

अन्य समाचारहरु