सन्धिखर्ककाे मदन आश्रीत स्मृति भवनमा नेकपा निकट पर्यटन प्रबर्द्धन बिभागकाे प्रथम बैठक सम्पन्न

हिम लेकाली  
नुवाकोट, अर्घाखाँची  (अर्घाखाँचीडट्कम ) फाल्गुन २६। अर्घाखाँची जिल्लाको सन्धिखर्ककाे मदन आश्रीत स्मृति भवनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट  पर्यटन प्रबर्द्धन बिभागकाे प्रथम बैठक बिभागका संयाेजक पदम क्षेत्रीकाे अध्यक्षतामा सम्पन्न भएकाे छ । 
बैठकले पर्यटन प्रबर्द्धनका क्षेत्रमा जिल्लामा गर्नु पर्ने कामहरूकाे छलफल गरि विभिन्न निर्णयहरू गरेकाे छ । जिल्लामा रहेका पर्यटकीय स्थलकाे अध्ययन अवलाेकन भ्रमण गर्ने , त्यस सम्बन्धि जानकारहरू संग सम्पर्क राखि अभिलेख संकलन गर्ने ,६ वाेटै स्थानीय तहमा पार्टी किमिटी संग सम्पर्क राखि सराेकारवालाहरू संगै बैठककाे अायाेजना गरि कार्ययाेजना बनाउने समेत बैठकले निर्णय गरेकाे छ ।
बैठक ले सचिव पदकाे जिम्मेवारी समितिका सदस्य केशर रायमाझी लाई प्रदान गरेकाे छ ।
याे बिभागमा पार्टीले सबै स्थानीय तह बाट प्रतिनिधित्व हुने गरि १४ सदस्यीय बिभागकाे गठन गरेकाे सह संयाेजक नारायण अर्यालले बताउनु भयाे ।
समितिका सदस्य माेहन पाैडेलकाे सन्चालनमा सम्पन्न बैठककाे अातिथ्यता नेकपा जिल्ला पार्टी कार्यालय सदस्य राजेन्द्र भुसाल ,शालिकराम अाचार्य र भेष बहादुर के .सि .काे रहेकाे थियाे ।
त्यसै गरि वन तथा वातावरण विभाग काे प्रथम बैठक पनि बिभागका संयाेजक रामचन्द्र पाेख्रेलकाे अध्यक्षतामा नेकपा पार्टी कार्यालयमा सम्पन्न भएको छ । नेकपा कार्यालय सदस्य एवं सन्धिखर्क नगर ईन्चार्ज राजेन्द्र भुसालकाे प्रमुख अातिथ्यतामा बसेकाे बैठकले महत्त्वपूर्ण निर्णयहरू गरेकाे छ । बैठकले जिल्लामा रहेकाे बन क्षेत्र लाई कसरी दिगाे ब्यबस्थापन गर्ने,वन क्षेत्रमा रहेका समस्याहरू लाई कसरी समाधान गर्ने लगायतका बिषयमा घनिभुत छलफल गरी अागामि कार्ययाेजना समेत बनायकाे छ ।
 बैठकले बदलिदाे परिस्थितिमा वन एेन कानुन हरू फेरिएको बेला सबै नयाँ बिषय संग जानकार हुनु पर्ने भएकोले एस बिषयमा प्रशिक्षण समेत चलाउने निर्णय गरेकाे छ । बैठकले सचिवकाे कार्यभार सम्हाल्न समितिका सदस्य मधुकुमार श्रेष्ठ लाई मनाेनित गरेकाे छ ।बिभागकाे अर्काे बैठक अागामि चैत्र २२ गते शनिवार बस्ने बिभागका संयाेजकले जानकारि दिनु भएकाे छ । बैठकमा जिल्ला कमिटी सदस्य कमला भण्डारी भुसाल र माधव प्रसाद पन्थीकाे अातिथ्यता रहेकाे थियाे । सबै गाउँपालिका नगरपालिका काे प्रतिनिधित्व हुने गरि यस बिभागकाे संख्या १५ सदस्यीय रहेकाे छ ।

अन्य समाचारहरु